१० आश्विन २०७८, आईतवार

‘वर्तमान राज्य व्यवस्थामा दलित अधिकार र आगामी बाटो’ विषयक अन्तरक्रिया

No description available.
प्रेम विश्वकर्मा
खलंगा । ‘वर्तमान राज्यव्यवस्थामा दलित अधिकार र आगामी बाटो’ विषयक कार्यक्रम जाजरकोटमा सम्पन्न भएको छ । दलित मुक्ति मोर्चा नेपाल भेरी नगर कमिटी जाजरकोटले शनिबार श्यामकटेज हल ठाँटीमा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी भेरी नगर कमिटी इन्चार्ज हिमालले बर्तमान राज्यव्यवस्था भनेको दलाल पँुजीवादी संसदीय राज्यव्यवस्था हो र यसले मुठिभर दलालको बाहेक अरु उत्पीडित किसान मजदुर जनताको प्रतिनिधित्व गर्दैन भन्दै आक्रोश पोखे । दलित मुक्ति पनि राज्यव्यवस्था संग जोडिएको प्रश्न भएकोले वर्तमान व्यवस्थाको पुर्ण खारेजी राजनीतिक संघर्षमा हामी सबै आ –आफ्नो तह तप्काका बाट जुट्न समेत आह्वान गरे ।

त्यस्तै दलित मुक्ति मोर्चा जाजरकोटका अध्यक्ष धर्वेन्द्र विकले एकीकृत जनक्रान्ति भनेको श्रमजीवी उत्पीडित मजदुर किसानको राज्यव्यवस्था निर्माण गर्ने राजनीतिक कार्यदिशा हो । जनताको राजनीतिक व्यवस्था बिना उत्पीडित समुदायको मुक्ति छैन । वर्तमान व्यवस्थालाई खारेज गरेर दलित मुक्तिको स्पष्ट कार्यनीति सहित जनमतसंग्रहमाबाट दलित वर्गीय राज्यसत्ता निर्माण गर्नु आजको अपरिहार्यता हो भनेका थिए । हामी सबैले दलित मुक्तिको सन्दर्भमा खुल्ला र स्पष्ट छलफल गरि अघि बढ्नुको बिकल्प छैन ।

दलित मुक्तिको लडाई जातिय छुवाछूत मात्र नभई आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक क्षेत्रको समेत उत्तिकै पेचिले संघर्ष हो । यस्लाई स्पष्ट निती र न्यायोचित तरिकाले जिम्मेवार तह बाट नसोचे दलित मुक्तिको निम्ति निर्णायक कदम पार्टी र मोर्चाले अघि बढाउन ढिला गर्ने छैन भन्ने कुरा समेत उनले जोड दिए ।

संबिधानमा सीमित, अस्पष्ट र रहस्यमय नितीगत व्यवस्था –आगामी बाटो –दलित मुक्तिको रणनीति,–अन्तरास्ट्रिय सन्दर्भ,–नेपालमा दलित प्रथाको संक्षिप्त संहावलकन, –बिशेषाधिकार ( सैद्धान्तिक पक्ष, प्रणालिगत व्यवस्था, राजनीतिक प्रशासनिक प्रतिनिधित्वको क्षेत्र, आर्थिक समृद्धिको क्षेत्र, सामाजिक साँस्कृतिक अधिकार र समानताको क्षेत्र, कानुनी क्षेत्र) आदि जस्ता विषयमा अन्तरक्रिया कार्यक्रम पनि जोडिएको थियो ।

No description available.

अन्तरक्रियामा जोडिएका विषयमा अतिथि घरेलु उद्योग महासंघ जाजरकोटका अध्यक्ष श्री लालबहादुर बिक र भेरि ज्ञानोदय क्याम्पस उपप्रध्यापक श्री पुर्ण ब. सुनारले टिप्पणी गरेका थिए । उपस्थित उद्योगी, ब्यावसायी, शिक्षक, महिला लगाएत भारि मात्रमा उपस्थित सबैले क्रमश राख्दै वर्तमान राज्यव्यवस्था दलितको लागि बाँदरको हतियार लौरो न पुछर भयो ।

संबिधान लगाएतका कानुनी क्षेत्रमा व्यवस्था गरेका कुराले न दलित मुक्ति हुन्छ न त विभिन्न कालखण्डमा गरेका दलित संघर्षको उचित मुल्यांकन नै भयो । सरकार र विभिन्न संस्थाले दलितको नाममा व्यक्तिगत नाफा हसुर्ने भए दलित मुक्तिको कुरा नगरौ । राम्रो गर्नुहोस् हामी साथ दिन्छौ । भन्दै थप उर्जा थपिदिएका छन् ।