१० आश्विन २०७८, आईतवार
ताजा खबर
  

असोज २१ गते खलंगामा वृहत ‘जाजरकाेट महफिल’ कोको गजलकार आउँदैछन त ?


खलंगा । ‘साहित्यको संरक्षण र संवर्धन हाम्रो अभियान– जोगाउँ,बचाउँ,बनाउँ,हाम्रो पहिचान’ भन्ने मुल आदर्श वाक्य बोकेको जाजरकोटको अग्रणी साहित्यिक संस्था जाजरकोटी साहित्यिक आवाजले जाजरकोट खंलङ्गामा पहिलो पटक बृहत ‘जाजरकोट महफिल’ गर्ने भएको छ ।

संस्थाका अध्यक्ष भावुक रिदम बाबुले भने, ‘विगत लामो समय देखि निरन्तर साहित्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जाजरकोटी साहित्यिक आवाजले जाजरकोट जिल्लामा साहित्यिक गतिविधि अगाडि बढाइ साहित्यको उत्थान र संरक्षण गर्दै, लुकेका प्रतिभाहरुलाइ खोजी गरि बाहिर ल्याउने काम गरेको छ ।

यसरी समाजमा लुकेका प्रतिभाहरुलाइ बाहिर ल्याउन सके मात्र साहित्यको विकास हुन्छ ।  नेपाली साहित्यको उन्नयन विकास संगसंगै जाजरकोटको साहित्य क्षेत्रको उत्थान,विकास, संरक्षण र संवर्धनको निमित्त हामी निरन्तर लागिरहेका छौ, लागिरहने छौ । अग्रजहरुको सम्मान र नव श्रष्टाहरुको पहिचानमा हाम्रो ध्यान जानेछ ।

यो कार्यक्रम भेरी नगरपालिकाको आर्थिक सहयोग तथा जाजरकोटी साहित्य आवाजको आयोजनामा घटस्थापनाको अवसर पारी सदरमुकाम खलंगामा हुनेछ । अध्यक्ष भावुकले दिएको जानकारी अनुसार कार्यक्रमको प्रमुख आकर्षणका रुपमा दैलेखका गजलकार महेश के भट्टराई, कालिकोटकी नारी गजलकार हस्ताक्षर माया निर्भीक, जाजरकोटका गजलकार हेमन्त हेमलक र सुर्खेत बाट हिमाल सरोवर ठकुरी छन् ।

उक्त कार्यक्रममा कर्णाली, लुम्बिनी, सुदुरपश्चिम लगायत काठमाडौदेखिका राष्ट्रिय स्तरका गजलकारहरु लगायत थुप्रै ब्यक्तित्वको उपस्थिति रहने भएकाले कार्यक्रम भब्य हुने अनुमान गरिएको छ ।

कार्यक्रमको तयारी लगभग पूरा भएको संस्थाका संयोजक तथा अध्यक्ष भावुक ले जानकारी दिदै सबैमा उपस्थितिका लागि अनुरोध पनि गरेका छन् ।