जाजरकोटबाट अखिल क्रान्तिकारीमा दुईजना केन्द्रिय सदस्य मनोनित

जाजरकोटबाट अखिल क्रान्तिकारीमा दुईजना केन्द्रीय सदस्य 
खलंगा । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं सम्मेलनबाट जाजरकोटबाट दुई जना केन्द्रीय सदस्यमा चयन भएका छन् ।

विद्यार्थी नेता धन्जित महर र विराजन शाही केन्द्रीय सदस्यमा चयन भएका हुन् । जिल्लाका दुर्गम गाउँका विद्यार्थीको हकहितमा काम गरिरहेको र शैक्षिक क्षेत्रका सवालहरु प्रष्ट उठाउने नव मनोनित केन्द्रिय सदस्य धनजित महरले बताए ।

अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष समेत रहेका शाही विद्यार्थी आन्दोलनका तारामा रुपमा जाजरकोटमा परिचित छन् । यस्तै महर पनि भेरी कर्णाली विद्यार्थी संगठनमा आवद्ध भएर शैक्षिक क्षेत्रको परिवर्तनका लागि लडिरहेका छन् ।

तपाईको प्रतिक्रिया