८ आश्विन २०७८, शुक्रबार
ताजा खबर
  

अवैध हतियार सहित एक जना पक्राउ

खलंगा । अवैध हतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भेरी नगरपालिका ६ स्थित भेरेका ५५ बर्षिय रगवीर घर्तीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनलाई अवैध एकनाले भरुवा बन्दुक साथमा बोकी हिडिरहेको वेला पक्राउ गरिएको हो । पक्राउ गरी जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।