डिएस्पी थापाको आठ महिना : चोरी निकास पहिलो निशानामा

१ करोड २० लाख बराबरका सवारी साधन बरामद


खलंगा । गत आर्थिक वर्षको माघ ९ देखि हालसम्म जाजरकोट प्रहरीले भारी मात्रामा सवारी साधन बरामत गरी सवारी धनीलाई बुझाएको छ । चोरी निकासी गरी जाजरकोटमा लुकाइ छिपाइ राखेका मोटरसाइकलदेखि जीपसम्मका सवारी साधनहरु बरामत गरी सवारी धनिलाइ बुझाएको हो । जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आए लगत्तै डीएसपी मधुकुमार थापाले एक वर्षमा चोरी पैठारी नियन्त्रणका लागि कार्ययोजना बनाइ काम सुरु गरेका थिए ।

वर्ष दिन नपुग्दै आठ महिनाको अवधिमा डीएसपी थापाको नेतृत्वको टिमले भारी सफलता प्राप्त गरेको छ । ३८ वटा मोटरसाइल , १ बोलेरो जीप बरामत गरी रु १ करोड २० लाख जम्मा गरेको छ । चोरी पैठारी गरिएका मध्य १ वटा जिप र ८ वटा मोटरसाइकल कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर पठाइएको छ ।
त्यस्तै १२ वटा चोरीको मोटरसाइल सम्वन्धित धनीलाइ बुझाएको प्रहरीले बताएको छ । ४ वटा मोटरसाइकल चोरी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया चलिरहेको छ । १४ वटा मोटरसाइल बारे प्रहरीले आन्तरिक अनुसन्धान जारी राखेको छ । भेरी करिडोर र मध्यपहाडी लोकमार्गको सडक जाजरकोट भएर जाने भएकाले यहाँ चोरी पैठारी गरेर सवारी साधन ल्याइ लुकाउने क्रम बढेसँगै प्रहरीले निगरानी बढाएको थियो । सवारी चालक अनुमती पत्र नभएका , मापदण्ड विपरित सवारी चलाउनेलाई समेत कारबाही गरिएको छ ।

साधा पोशाकमा प्रहरी परिचालन गरी जनताको जिउ धनको सुरक्षामा विशेष ध्यान दिइएको प्रहरीले बताएको छ । संरक्षित जनावार रेडपाण्डा लगाएका जंगली जनावारको तस्करी गरी विक्री वितरण गर्नेका लागि सक्रिय गिरोह विरुद्धमा प्रहरी आक्रामक रुपमा लागेको छ ।

लागु औषध नियन्त्रणमा समेत प्रहरीको सक्रियता देखिएको छ । झुट्टा मुद्धा लगाउने , रकम असुल्नका लागि गरिने सबै खालका गलत क्रियाकलाप प्रति समेत प्रहरी समेत भएर लागेको डीएसपी थापाले बताए । गुनासो आउन बित्तिकै प्रहरी परिचालन गरी गुनासो सम्वोधन भएको उनले बताए । छिमेकी जिल्लाका सुरक्षा अधिकारीसँग सहकार्य गरी बदमासी गर्नेविरुद्ध व्यापक रुपमा खटिएको प्रहरीको भनाइ छ । तस्कारहरुले सुरक्षित ठानेको जाजरकोटमा प्रहरीको सक्रियतासँगै उनीहरुको सपना चकनाचुर हुँदै गएको छ ।

                                                         #हेमन्त केसी#

तपाईको प्रतिक्रिया