६ आश्विन २०७८, बुधबार
ताजा खबर
  

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या २३ करोड नाघ्यो


विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या २३ करोड नाघेको छ । गत २४ घण्टामा विश्वभर ४ लाख बढीमा सङ्क्रमण पुष्टि भएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या २३ करोड २ लाख नाघेकोे छ । जसमध्ये २० करोड ६९ लाख निको भएका छन् ।

४७ लाख २१ हजार कोरोना सङ्क्रमितको भने मृत्यु भएको छ । अझैपनि १८ लाख सक्रिय सङ्क्रमित रहेकामा ९८ हजारको अवस्था जटिल र बाँकिको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।