जाजरकोटका अनुजले विराटनगरबाट इपिएल खेल्ने !


जाजरकोट । कर्णालीका युवा तीव्र गतिका बलर अनुज चनाराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले चनारालाई अनुबन्ध गरेको हो । तर मूल्य भने खुलाएको छैन । इपिएल नियम अनुसार उनले कम्तिमा न्यूनतम मूल्य ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

चनाराले गत माघमा भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशबाट उत्कृष्ट प्रभाव छाडेका थिए । प्रधानमन्त्री कपमा उच्च प्रभाव छाडेपछि नेपालले ओमान भ्रमणको लागि माघमा उनलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो । पिएमपकमा अनुजले ४ खेलमा ८ विकेट लिएका थिए । ‘एकदमै खुसी छुँ, पहिलो पटक फ्रेन्चाइज लिग खेल्दै छु, मौका पाएको खेलमा राम्रो गर्ने प्रयास गर्नेछु’ अनुजले भने । सबै आफूभन्दा सिनियर दाईहरु हुनुन्छ, धेरै कुराहरु सिक्न मिल्ने छ ।

विदेशी र स्वदेशी खेलाडीहरुबाट धेरै कुराहरु सिक्ने छु’, उनले भने । यस अघि पनि कर्णाली प्रदेशबाट पहिलो पटक नेपाली क्रिकेटको राष्ट्रिय टिमको प्रशिक्षण क्याम्पमा अनुज छनौटमा परेका थिए । नलगाड नगरपालिका ५ चारगाउँ निवासी १७ बर्षिया अनुज सिनियरतर्फ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका थिए । क्रिकेट समेत नवुझ्ने जाजरकोटबाट सिनियर राष्ट्रिय टिमको क्याम्पस सम्म पुगेका उनी सानैदेखि भारतमा अध्ययनरक्त थिए ।

को हुन अनुज ?
जिल्लाको नलगाड नगरपालिका ५ चारगाउँमा बुवा अजविर चनारा र आमा मनसरी चनाराको कोखबाट अनुज जन्मिएका हुन । उनी अहिले १६ बर्षका भए । भारतमा पढाई गरेका अनुज स्कुल टाइममा पनि खेलप्रति रुचि राख्थे ।

घरको आर्थीक अवस्था कमजोर भएका कारण आमावुवा कमाई गर्न भारत गएका थिए । त्यहि समय भारतको स्कुल स्तरीय क्रिकेटमा उनी सधैँ अगाडि नै हुन्थे । हिमाचाल प्रदेशस्तरीय खेल सम्म खेलका अनुज भारतमा उत्कृष्ट खेलाडीका रुपमा परिचित थिए । पछि वुवाआमा नेपाल फर्किए आमावुवा संगैँ उनी पनि नेपाल फर्किए ।

नेपालमा फर्किएपछि आर्थीक अवस्थाका कारण गाउँमा क्रिकेट खेलको विकास नै भएको थिएन, राजधानी सम्म जाने पैसा नभएका कारण विचमा खेलप्रतिको चासो हराउँदै गएको पाइन्छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनमा कार्यरत उनका भान्जा नरेन्द्र विकले उनलाई समान्य कोठाभाडा देखि खर्च सम्म तिरि दिने गरेका थिए । यस अघि इनरुवामा भएको क्रिकेटमा कर्णाली प्रदेश स्तरीय मनमोहन मेमोरियलको आयोजनामा उनले खेल खेल्ले अवसर आएका थिए ।

खेल क्षेत्रमा धेरै सम्भावना बोकेका अनुज आर्थीक अवस्था कमजोर भएकै कारण खेल क्षेत्रमा अगाडि बढ्न सकेका थिएनन् । गत बर्ष काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता उनका लागि कोशे ढुंगा सावित भयो । यही प्रतियोगिताको आधारमा खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाईएको थियो । कर्णालीमा धेरै राम्रो खेलाडी भएको बताउँदैँ उनले क्रिकेटको भौतिक संरचना,खेलाडीको क्याम्प हुनुपर्ने बताए । ‘अरु बर्षको तुलनामा क्रिकेट संघले यो बर्ष धेरै सहयोग ग¥यो, अनुजले थपे ।’

यसरी नै कर्णालीको क्रिकेटमा संघ लागि परे खेलाडीहरु धेरै उत्पादन हुन्छन् यसको लागि पहिलो कुरा ग्राउण्ड आवश्यक छ । गाउँघरतिर क्रिकेट कसैले नबुझनेृ भएकोले खेलाडीको मनोवल घट्दै जाने उनको भनाई छ । यस्तै, विराटनगरले युवा स्पिनर सन्तोष यादवलाई ट्यालेन्ट हन्टबाट छनोट गरेको छ । स्पिनर सन्तोषसँगै विराटनगरको टोली पूरा भएको छ ।

विराटनगरबाट कप्तान पारस खड्का र अनभुवी स्पिनर वसन्त रेग्मीले इपिएल नखेल्ने भएका छन् । वसन्त गत चैत देखि अमेरिकामा घरेलु क्रिकेट खेल्दै आएका छन् । उनी इपिएल खेल्न नेपाल नआउने भएका हुन् । पारसले दुई महिना अघि नेपाली क्रिकेट टोलीबाट सन्न्यासको घोषणा गरेका थिए । घोषणा समयमा घरेलु क्रिकेट खेल्न सक्ने बताएका थिए । तर इपिएल भने नखेल्ने भएका छन् ।

विराटनगरको कप्तानी अव नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले गर्ने सम्भावना उच्च छ । करणले २०१९ मा भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल ) मा विराटनगर किंग्सको कप्तानी गरेका थिए । विराटनगरले २०१७ को इपिएल उपाधि जितेको थियो । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

विराटनगरको पूर्ण टोली ः
करण केसी, आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (विकेटकिपर), सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि.सी., रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव, रयानखान पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्टइन्डिज), सिकन्दर राजा (जिम्बावे) र दीलशान मुनावीरा (श्रीलंका) ।

तपाईको प्रतिक्रिया