४ आश्विन २०७८, सोमबार
ताजा खबर
  

गणेशमान सिंहका पाँच उत्कृष्ट मुक्तक

मुक्तक
किन कोही यसरी मेरो मनमा बसेको छ
तस्बिर बनेर आँखाको बदनमा बसेको छ
जति टाढा भएपनि के बिर्सन सकुला र खै
प्रीति बनेर सधै यो धड्कनमा बसेको छ ।

मुक्तक

कुनै पल हाम्रो मित्रता अलि दुर भयो भने
के थाहा समय पनि तेस्तै झुर भयो भने
नम्बर हुदाँ कहिले सम्झन त सकिएला
यो मनले हजुरलाई सम्झन आतुर भयो भने

मुक्तक

जिन्दगीको कुनै मोड्मा भेटै नहोस हजुर सङ्ग
कित खुशी कि त चोट्मा भेटै नहोस हजुर सङ्ग
सुख ः दुख तिता मिठा कुरा भने हुँदै जावस्
नत महल नत रोड्मा भेटै नहोस हजुर सङ्ग

मुक्तक
तिमीलाइ लगाए पनि बार फरक पर्दैन
तिमी मर्छौ भनेपनि दुइ चार फरक पर्दैन
म मेरै कर्णालीमा सुन फलाउन सक्छु
बेच्छौ भने पनि बालुवाटार फरक पर्दैन

मुक्तक
म रोजगार पाउन पावर लाउ
या भिजा लाएर बिदेश जाउ
जसो तसो बाँच्नु त परिहालो
भोकैभोकै मरु या चोरेर खाउ