जाजरकोट कारागारका दुई जनालाई कैद सजाय मिनाहा


खलंगा । संविधान दिवसको अवसरमा जाजरकोट कारागार बाट दुई कैदी रिहा भएका छन् । भुक्तानी गर्न बाँकी रहेको सजाय राष्ट्रपतिको मिनाहा गरिदिएपछि कर्तव्य ज्यान र बहुविवाह कसुरमा सजाय भोगिरहेका दुई पुरुष रिहा भएका हुन् ।

छेडागाड नगरपालिका १०, का बमबहादुर वादी र भेरी नगपालिका २ का चन्द्रबहादुर विकको बाँकी कैद सजाय कट्टी भएको जिल्ला कारागार जाजरकोटका जेलेर तेजविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार जिल्ला बाट मापदण्ड पुगेका २ जनाको कैद सजाय मिनाहाका लागि सिफारिस गरिएकामा दुवै जनाको सदर भएको छ । ५० प्रतिशत कैद सजाय भुक्तान गरेका, असल चालचलन भएका र मुद्धाको प्रकृति हेरेर कैद सजाय मिनाहाका लागि सिफारिस गर्ने मापदण्ड रहेको छ । सोही अनुसार संविधान दिवसका अवसरमा २ जना जेलमुक्त भएका हुन् ।

बमबहादुर कर्तव्य ज्यान सम्बन्धी कसुरमा २० बर्ष कैदको फैसला भएको थियो । यस्तै, चन्दबहादुर बहुविवाह सम्बन्धी कसुरमा १ बर्ष ८ महिना कैदको फैसला भएको जेलर शाहको भनाई छ । जिल्लामा ५५ जना कैदीबन्दी रहेका छन्

तपाईको प्रतिक्रिया