हामीलाई कसले बिगा¥यो ?


हामीलाई कसले बिगा¥यो ? तपाईं के सोच्नु हुन्छ ? तपाईलाई तपाईको साथीले बिगार्यो ? के मलाई मेरो साथीले बिगा¥यो की ? अरू चीज सामाजिक सञ्जाल, मोबाइल ,माया र शत्रुले बिगार्यो होइन् हामीलाई हाम्रो अल्छि पनले बिगार्यो । हामीलाई मायाले कहिले पनि बिगार्न सक्दैन, किनकी साँचो मायाले जिन्दगी परिवर्तन गरिदिन सक्छ । माया एउटा यस्तो शब्द हो । जसले बाँदरलाई पनि मान्छे बनाइदिन् सक्छ । यसले जिन्दगी बिगार्छ । कदापि यो हुन सक्दैन् । तपाईका खुट्टा तान्ने शत्रुहरुले बिगा¥यो । जहाँ फूल हुन्छ त्यहाँ कडा पनि हुन्छ । महोदय, ‘जिन्दगीमा सफल अनि सबल मान्छे बन्नु छ भने मित्र गुमाउ, शत्रु कमाउ ।’

तपाईलाई तपाईको मोबाइलले बिगा¥यो होइन, तपाईलाई स्वयं तपाईको मनले बिगा¥यो , कतिपय मान्छेले भन्ने गर्नुहुन्छ की कुनै काम आज भएन भोलि गर्छ भोलि भएन पर्सी गर्छु पर्सी भएन अर्को वर्ष गर्छु । यसरी नै हाम्रो जीवन चक्र सकिने गर्दछ । अनि तपाई हामीले भने गर्छु हामीलाई हाम्रो मोबाइलले बिगा¥यो होइन, हामीलाई हाम्रो अल्छीपन ले बिगा¥यो । हामीले आफूले आफूलाई वाहन मात्रै बनाई रहेका छौ ।

के हामीलाई मोबाइल ले बिगारेको हो त ? होइन अहिले को समयमा सायद मोबाइल नचलाउने विरलै होलान् । के अहिलेका meghastar अनमोल केसी लाई meghastar  बन्न मोबाइलले बिगारेको छ, अनि पल शाहलाई superstar बन्न मोबाइलले बिगारेको हो । या तिनीहरू सँग मोबाइल नैं थिएन, थियो तर सही सदुपयोग गरे त्यही मोबाइललाई किताब बनाएर त्यही मोबाइललाई व्यवसायको बाटो बनाएर अनि त्यही मोबाइललाई पैसा कमाउने स्रोत बनाउनुहोस् । अनि हेर्नुहोस् त तपाईं मोबाइल मै सबै थोग पाउन सक्नु हुन्छ । त्यसलाई सदुपयोग गर्न नजानेर त्यसले हामीलाई बिगार्यो ।

अहिलेका चर्चित पत्रकार रवि लामिछाने लाई रवि बन्न मायाले बिगा¥यो अनि ऋषि धमला लाई ऋषि बन्न माया, प्रेम अनि शत्रुले बिगा¥यो । हिम्मत गर्नुहोस् स्वंयम मृत्युले पनि पर्खिन्छ । गन्तब्य जति नै टाढा किन नहोस् सुरु त एक पाइला बाटै हुने हो । त्यसैले आफ्नो “असफलताको बाधक अरूलाई ठानेर आफ्नो महत्वपुर्ण समय खेर नफालौं । आफू बनौ,अरूलाई बनाऔं, आफू बाचौ अरूलाई बचाऔं,।

-Stay safe, stay home_

नविन कुमार सिंह
जाजरकोट, नेपाल

तपाईको प्रतिक्रिया