३ आश्विन २०७८, आईतवार
ताजा खबर
  

संविधान जारी भएको दिन


२०४७ साल देखि निरन्तर लागि रहे
कहिले कलाकार कहिले नेता भएर
कहिले पहिला अध्यक्ष, कहिले सचिव भएर
कहिले उद्यमी र कहिले किसान भएर ।

पश्चिम देखि पूर्व पुगेर गणतन्त्रको पक्षमा
कहिले उकाली कहिले ओराली कहिले पहाड
कहिले तराई, देउसी भैलोको सन्देश दिदै
निरन्तर म हिडे – लडे कयौं जुलुस भाषणमा

कति यातना कति अपहेलना सहनुप¥यो
तर कहिल्यै निराश नभएर लागि रहे
जस्तो परिस्थितीमा पनि हिडी रहे
१० बर्षे जनयुद्धमा पनि यातना सही रहे

तर कहिले निराश र डरपोक भईन्
जस्तो सुकै अप्ठ्यारो परिस्थितीमा पनि निडर भई
सधैं अगाडि बढ्ने प्रण गरी लडि रहे
त्यसैले आज नयाँ दिन देख्न पाएँ ।

संविधान आएकोमा कतै खुशीयाली
कतै बन्द हडताल कतै जलाउने
जेहोस् त्यो संविधान सबैका लागि
ति विरोध गर्ने शक्ति पनि लडेका छन् ।

तिनीहरुका भाईबहिनीले रगत बगाएका छन्
किन भुलेका होलान खै मैले बुझिन्
यो महान कार्यमा सबैले खुशी मनाऔं
यो हाम्रो ठुलो गौरवशाली उपलब्धी हो ।

आज आमाको नाम बाट नागरिकता पाउने भएको छु
दलितहरुले विशेष आरक्षण पाउने भएका छन्
वृद्धवृद्धाको लागि अधिकार समेटिएको छ
तेस्रो लिंगीले अधिकार पाएका छन्
यो ठुलो उपलब्धी र ठुलो उपहार हो ।

१४÷१५ हजार वीर सहिदको बलिदानी हो
यो महान दिन आफै आएको हैन्
वीर विरङनाहरुको रगतको मुल्य हो
यो रगतको महंगो वस्तुलाई जोगाई राख्नुपर्छ
बन्द हड्ताल छोड्न पर्छ सहमतिमा आउनै पर्छ ।

पूर्व पश्चिम, उत्तर दक्षिणका गल्लीहरुमा
अधिकारको शंक घोषणा गर्दै हिडेको २५ बर्ष
महिला दलित गरीवहरुको अधिकार भन्दै
महिले मञ्च कहिले कलाकार, कहिले उद्यमी
बनेको पनि त वितेछ २५ बर्ष
थाहै भएन मलाई मत महान यात्रामा हिडेको
गौरवशाली यात्रा, हिमाल भन्दा उच्च यात्रा

असोज ३ गते बल्ल आयो जनताको संविधान
नेपाली जनताको घर आँगन मन भित्र आएछ
समय वित्न पनि के वेर हुदो रहेछ र यति छिट्टै
२५ बर्ष २ बर्षक वितेछ मलाई थाहा नै भएन
मत सधैं अगाडि बढिरहे कहिले रोकिन् ।
त्यसैले २०७२ असोज ३ गते संविधान आयोे
म त खुशीले हर्ष गरिव, दुशी र दलितहरुले पाउने भए

यूवाहरुका लागि देश भित्र रोजगार खुल्ने भयो
त्यसैले त यो महान संविधान २०७२ असोज ३ आयो
महान संविधानलाई महान तरिकाले पालना गरौं
खुशीयाली बाडौं, खुशी हौ, यसलाई जोगाई राखौं ।

शिला नेपाली
भेरी नगरपालिका, ३ जाजरकोट ।