स्वास्थ्य सेवा कार्यालय : हाकिम भन्छन्, ‘मलाई कर्मचारी टेर्दैनन्’

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा पछिल्लो समय वेथिति मौलाएको छ भन्ने जनगुनासो बढिरहेको छ । जाजरकोट अस्पतालमा भर्ना गरिरहेका विरामी मिसन अस्पताल चौरजहारी रिफर गर्नुपर्ने अवस्था रहेको छ । १० जना डाक्टर सहित जम्मा ६५ जना कर्मचारी भएको स्वास्थ्य सेवा कार्यालयमा समान्य ज्वरोका समेत विरामीले उपचार नपाएको गुनासो गर्दै आएका छन् । तत्कालिन कार्यालय प्रमुख शुनिल पुन अध्ययन विदाका लागि गए देखि नि. कार्यालय प्रमुखको जिम्मा सम्हालेका टिकाराम जैसीले कार्यालय व्यवस्थापन गर्न नसक्दा निकै समस्या भएको जनगुनासो बढिरहेको वेला हामीले तिनै नि. कार्यालय प्रमुख टिकाराम जैसी संग संक्षिप्त कुराकानी गरेका छौ ।

१. स्वागत छ ।
धन्यवाद ।

२. गत आर्थीक बर्षमा स्वास्थ्य सेवा कार्यालयले गरेका प्रमुख उपलब्धीहरु केके हुन् ?
स्वास्थ्य सेवा कार्यालयका गत आ.व.मा भएका प्रमुख उपलब्धीहरु २५ वेड एच डियू खरिद तथा जडान, आईसियू वेडको व्यवस्था, १ सय ४० थान अक्सिजन सिलिण्डर खरिद, वर्थिङ्ग सेन्टरको लागि औजार उपकरण खरिद तथा वितरण , आँखा सेवा विस्तार, दन्त सेवा सुचारु भएको छ ।  अघिल्ला बर्षहरुको जस्तो डाक्टरको कमी छैन । १० जना डाक्टरहरु विरामीको सेवामा खटिरहनुभएको छ ।

३. कोरोना महामारीलाई नियन्त्रण गर्न कार्यालयको कस्तो भुमिका रह्यो, तेस्रो भेरियन्टलाई प्रास्त पार्न केके योजना बनाउनुभएको छ ?
जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन, रेडियो एफ.एम बाट सुचना सन्देश प्रसारण, फेलेक्स वितरण, विभिन्न चरणहरुमा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चानल । दैनिक रेर्कडिङ्ग तथा रिर्पोटिङ्ग जिल्लामा आईसोलेशन सेन्टर तथा एच.डियू सेवा सञ्चालन तथा उपचारकोको व्यवस्था गरेको छ । तेस्रो भेरियन्ट संगको लडाईलाई सजिलै जित्न सक्ने गरी काम गर्ने योजना बनाएको छु ।

४. दुर्गममा औषधी नपाएर जनता छटपटाई रहेका छन् तपाईहरु भने औषधी जलाउनु हुन्छ किन ?
क्षेत्रीय मेडिकल स्टोर बाट नजिकै म्याद गु्रजने औषधीहरु, इएल.एम.एस. प्रणाली मार्फत सोझै जिल्लाको स्टोरमा पठाईदिन्छ । अर्थात हस्तान्तरण गरिदिन्छ । नजिक म्याद गु्रजने समय भएका औषधीहरु दुर्गम पालिकाहरुमा पठाउँदा समय लाग्ने सबै ठाउँमा यातायातको पहुँच नभएको, स्वास्थ्यकर्मीले नलिने, कारणले गर्दा स्टोरमा मोज्दात रह्यो ।

कार्यालय प्रमुखलाई जानकारी विना कार्यालय सहयोगी भीमबहादुर खत्रीलाई नायव सुब्बा देवराज गिरीले जलाउने आदेश दिई जलाउनुभएको हो । म संगै कुनै खालको सल्लाह नभई उहाँले एकलौटी निर्णयका साथ जलाउनुभएको हो । यो विषयमा मलाई थाहा नै थिएन । एउटा पत्रिकामा समाचार आएपछि मात्रै मैले थाहा पाएको हुँ । कार्यालय प्रमुख प्रशासन चलाउने हो । कार्यालय प्रमुखलाई नसोधी म्याद गुु्रजेका औषधीहरु जलाएको हुदाँ स्टोर प्रमुखलाई स्पष्टीकरण सोधिने, के कति कारणले नसोधी जलाएको हो ।

५. स्वास्थ्य सेवा कार्यालय राजनीतिको अखडा बनेको जनताको गुनासो छ किन अखडा बनाउँनुहुन्छ ?

कार्यालयलाई कहिले पनि राजनीतिक अखडा बनाउँदैन् । आपसी मनमुटावका कारणले एक अर्कालाई लगाईने आरोप प्रत्यारोप मात्रै हो । पत्रकारहरुले आफुले चाहेको र सोचेको कुराहरु प्राप्त नुहँदा रिसका कारणले कार्यालय र कार्यालय प्रमुखलाई बदनाम गर्ने नियत मात्र हो । एउटा पत्रिकामा हामीले आएको समाचारको खण्डन गरेका छौ । खण्डन छापिएको छैन । यस सन्दर्भमा प्रेस काउन्सिल समक्ष हामी निवेदन दिन्छौं ।

६. तपाईले नेतृत्व गरेको अस्पताल प्रशासनमा तपाईका कर्मचारीले टेर्दैनन् भन्ने छ के हो ?

अव यहाँ जनस्वास्थ कार्यालय र जिल्ला अस्पताल एकै ठाउँमा हुदाँ काम गर्ने चाहीं तवर तरिका, कार्यविवरण, फरकफरक प्रकृतिको हुने अस्पतालको नेतृत्व जनस्वास्थ्य सेवा कार्यालयले गरेको खण्डनमा चिकित्सकहरु सन्तुष्ट नहुने ।

जसका कारणले विवाद सिर्जना हुने । सातौ तहको कार्यालय प्रमुख भएको र करार सेवामा नवौं तह सम्मका चिकित्सक हुने भएकोले यो वरियताको हिसावले सिनियर हँु भन्ने भावना बाट प्रेरित भएर समस्या हुने गरेको छ ।

यि समस्याका कारण कार्यालयको काम प्रभावकारी हुन नसकेको जैसीले बताए ।
ड्ड प्रशासनको सुव्वा बाट कार्यालयको काममा असहयोग भएको ।
ड्ड स्थायी कर्मचारीको दरबन्दी रिक्त रहेको ।
ड्ड ६५ जनाको स्वीकृत दरबन्दीमा २३ जना मात्र स्थायी कर्मचारी रहेको ।
ड्ड अस्पताल तथा कार्यालय करार सेवाका कर्मचारीहरु बाट सञ्चालन गर्नुपरेको ।
ड्ड प्रदेशमा लोक सेवा आयोगले विज्ञापन नगरेको
ड्ड बजेट खर्च पुर्ण रुपमा हुदैन् । काभिडले प्रभावित, कार्यालयका कर्मचारीको असहयोगका कारण ।
ड्ड ब्लड वैक छैन्, सर्जन डाक्टर,
ड्ड पुराना भवनहरु भत्काई नयाँ भवन निमार्ण कार्य भईरहेको हुदाँ गुणस्तरीय सेवा दिन नसकिरहेको अवस्था छ ।
ड्ड कुशे गाउँपालिका र शिवालय गाउँपालिकामा विशषज्ञ डाक्टर छैनन् ।

कार्यालयका भएका कामहरु
1. २ सय १६ अक्सिजन सिलिण्डर रहेको ।
2. ४० देखि ४५ वटा अक्सिजन सिलिण्डर रिफिल गर्न मिल्ने अक्सिजन प्लान्टको जडानको तयारीमा ।
3. एक्सरे मिसिन, प्रयोगशाला उपकरणहरु खरिदको प्रक्रियामा ।
4. पुराना भवनहरु भत्काई नयाँ भवन निमार्ण कार्य भईरहेको हुदाँ गुणस्तरीय सेवा दिन नसकिरहेको अवस्था छ ।

अन्त्यमा, म के भन्न चाहान्छु भने मिडियाले कार्यालयमा हुने गरेका कामहरु प्रचारप्रसार गर्नुपर्र्याे,
गलत भएको विसंगति भएको यदि प्रमाण छ भने त्यस्ता कामहरुको मिडियाले खबरदारी गर्नु पर्याे । हुदै नभएको र कपो कल्पित कुराहरु समाचार बन्नु हुदैन् ।

तपाईको प्रतिक्रिया