बारेकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

खलंगा । जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारेकोट गाउँपालिका १ रामीडाँडाकी १६ बर्षिया सम्झना गिरी रहेको प्रहरीले जनाएको छ ।  शनिवार वेलुकी अन्दाजी ५ बजेतिर गोठालो गएको वेला रामीडाँडा चौरमा चट्याङ लागेर मृत्यु भएको स्थानीय पत्रकार कालीप्रसाद थापाले जानकारी दिए । २०७७ सालको एसईई परीक्षामा कालिका आर्दश माद्यामिक विद्यालय बाट उर्तिण गरेकी थिईन् ।

मृत्युक सम्झना नेकपा माओवादी केन्द्र बारेकोटका ईन्चार्ज निशान गिरीकी कान्छी छोरी हुन् ।

तपाईको प्रतिक्रिया