२५ भाद्र २०७८, शुक्रबार

सानीभेरीका अध्यक्षलाई एक यूवकको मार्मिक पत्र

सर्वप्रथम त नमस्कार । अनि क्रान्तिकारी अभिवादन । अध्यक्ष ज्यू आरामै हुनुहुन्छ होला भन्ने आशा बोकेको छु । जनताको रगत अनि पसिना संग होली खेलेर सहिदको लासलाई सिंढी बनाएर तपाईंहरु त दलाल संसदीय व्यवस्थाको नोकर बन्नुभयो । अध्यक्ष ज्यू । कहिले काहीं त मन पनि त पिरोल्छि होला नि ? तत्कालिन जनयुद्धको झ –झल्कोले अनि सायद सपनीमा पनि गिज्याउँछ होला नि हाम्रा ती महान सहिदको आत्माले ।

अध्यक्ष ज्यू विर्सिनु त भयो होला होइन् आफ्नै साथीहरुले आँखै अगाडि अन्तिम सास फेर्दै गर्दा पनि भनेको यी वाक्य हरु ‘कमरेड म मरेर गए पनि यो क्रान्तिको झन्डा झुक्न नदिनु’ खै त क्रान्तिको झन्डा फरफराए को अनि अध्यक्ष कम्रेड ? तपाईले विर्सिनु भयो तपाईको आँखै अगाडि सह योद्धा कमरेड गोली लागेर रक्तिम भएर निदाएको ।

कमरेड तपाईलाई म एउटा प्रश्न गर्न चाहन्छु ‘तत्कालीन दश बर्षे जनयुद्ध के को लागि लडिएको थियो ? उत्पीडित तथा श्रमजीवी वर्ग हरुको लागि , धनी गरिबलाई समान अधिकार होस्, जनतालाई गास,बास,कपास,शिक्षा,स्वास्थ,रोजगारीको ग्यारेन्टी गर्नुपर्छ । भनेर हातमा हात काँधमा काँध जोडेर आफ्नो शरीरको कुनै पनि प्रवाह नगरी ‘कि मुक्ती कि मृत्यु’ भनेर लडिएको थियो तर शान्ती शु –व्यबस्था आएपछि खै त देखाएका सपना जनतालाई दिउँसो नै रात पार्न खोज्ने ?

हो नेपालमा शान्ती व्यबस्था आएपछि परिवर्तन भएकै छ नि ? म तपाईंलाई बुद्धागत रुपमा भन्न चाहन्छु ।

१) तपाईको पार्टीको अध्यक्ष क.प्रचण्ड प्रधानमन्त्री हुनुभयो ।
२) प्रचण्ड कमरेडले चितवनमा भाट भनेटी खोल्नु भयो ।
३ ) तत्कालिन रुकुमको कमान्डर क.प्रभाकर ले छोरी अमेरिका पढ्न पठाउनुभयो ।
४) कमरेड हजुरले चाइना बगर देखि नवलपरासी सम्म घर घडेरी किन्नु भयो ।
अन्य थुप्रै प्रगती भएकै छन् । म तपाईलाई यो चिठीमा लेखेर साध्य छैन । बाँकी प्रगति विवरण भेट्मा दिउँला ।

अनि अन्त्यमा तपाईलाई सायद एक महिना पहिलाको घटनाले मन दुखेको होला । जोकि आफ्नै गाउँपालिकाको वडा अध्यक्ष अझै भनम भने तपाईकै पार्टीको एक नेता जो हाम्रा केही कमरेडहरुले भ्रष्टाचारको आरोपमा कुटपिट गर्नुभएको थियो । कमरेड तपाईलाई थाहा छ होला नि कम्युनिस्ट भनेको के हो ? भनेर जो म एक कम्युनिस्ट को बिचार सिक्दै गरेकोले सिकाउनु उचित हुन्न होला ।

किनकी मैले हजुरलाई कम्युनिस्ट को पाठ सिकाउनु भनेको घामको अगाडि जुनकेरीको चर्चा गरे जस्तै हो । त्यसैले कमरेड जो घटना भयो । यसमा हजुरलाई पनि यथार्थ थाहा छ होला । अन्यथा यो घटनालाई लिएर फेरि पनि व्यवास्था गरेको खण्डमा हामी चुक्ने वाला छैनौ । हामी कि मुक्ती कि मृत्यु ? भनेर तम्सिएका एक क्रान्तिकारी योद्धा हौँ । फेरि फेरि पनि सानिभेरी मा होस् या सिङ्गो रुकुम होस् या यो मेरो देशमा होस् यदि भ्रष्टाचार गरेको खबर पाए हामी त्यसलाई छोड्ने वाला छैनौ ।

कमरेड तपाइलाई अन्त्यमा म सानीभेरीको बासिन्दा भएको हुनले सानीभेरीको विकास निर्माण तिर पनि व्युझाउन चाहे । कमरेड यति मात्र भन्नू होस कि ? सिंगो सानीभेरीमा सडक कहिले सम्म पुग्छ ? कहिले सम्म हाम्रो सानीभेरीको जनताले दियालो अनि टुक्किमारो खोज्नु पर्ने ? कहिले सम्म हाम्रो सानीभेरीको जनताले भेरीको अनि कुवाको पानी खानुपर्ने,कहिले सम्म हाम्रो सानीभेरीको जनताले भारतबाट आएको तरकारी अनि दाङ भाट आएको चामल किन्ने पर्ने ?, यसको बारेमा मलाई जवाफ लेखेर पठाउनु हुनेछ भन्ने आशा राखेको छु ।

उही क्रान्तिकारी यूवक
मोहन ओली ( क.प्रभात )