वकालत तथा नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न

No description available.
खलंगा । वकालत तथा नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । सहकर्मी समाज जाजरकोटले आयोजना गरेको उक्त कार्यक्रम २० गते (आइतबार देखि सञ्चालन भइ २२ गते मंगलबार) सम्पन्न भएको हो ।

कार्यक्रम भेरी न पा ४ स्थित रम्बा होटलमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा भेरी नगरपालिकाका १३ वटै वडाबाट विभिन्न टोल सुधार समितिका २१ जना प्रतिनिधिहरुले सहभागिता जनाएको सहकर्मी समाज भेरी नगरपालिकाकी सामाजिक परिचालक जानुका गिरीले बताईन् ।

कार्यक्रममा सहभागिहरुलाई जनवकालत कसरी गर्ने, यसको प्रक्रिया,सामाजिक समस्या र सवाललाई कसरी पहिचान गर्न सकिन्छ,यसका समाधान कसरी गर्न सकिन्छ जस्ता सवालमा रहेर प्रशिक्षण दिइएको थियो ।

वकालत शब्द वकिलको मुखबाट अदालतमा मात्र सुनिरहेका थियौं । तर आज हामी सर्वसाधारण जनताले पनि वकालत गर्न मिल्ने रहेछ भन्ने कुरा यो प्रशिक्षणबाट सिक्न पाउदा आफू निकै खुसि भएको सहभागि वडा नं २ का पुष्प वलिले बताए ।

त्यस्तै वकालत शब्द नै नयाँ भएको यसको बारेमा आफुले यस ३ दिने प्रशिक्षण कार्यक्रमबाट बिस्तृत रुपमा सिक्न पाएको वडा नं. १ की अर्की सहभागी कोल्चौर रातामाटा टोलसुधार समितिबाट प्रतिनिधि निशाना वि क ले विचार राखिन् । सहभागि सबै जनाले सिकाई निकै सान्दर्भिक र राम्रो लागेको बताएको गिरीले बताईन् ।

उक्त कार्यक्रमको सञ्चालन सहकर्मी समाज भेरी नगरपालिकाकी सामाजिक परिचालक जानुका गिरीले गरेकी थिईन् भने प्रशिक्षण सहकर्मी समाजका जिल्ला संयोजक कृष्ण अधिकारीले गरेका थिए ।

No description available.

तपाईको प्रतिक्रिया