त्रिभुवन माद्यामिक विद्यालय र अखिल (क्रान्तिकारी)विच पाँच वुद्दे वार्ता,के थिए वार्ताका मुख्य एजेण्डा ?

No description available.

खलंगा । त्रिभुवन माद्यामिक विद्यालय खलंगा र अखिल (क्रान्तिकारी)बिच वार्ता भएको छ ।

बुधबार दिउँसो करिब १ बजे देखि ४ बजेसम्म बार्ता भएको अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष बिराजन शाहीले बताए ।

कार्यक्रममा नेकपाका तर्फबाट नेकपा भेरी नगर कमिटी इन्चार्ज हिमाल, अखिल (क्रान्तिकारी)जाजरकोटका जिल्ला अध्यक्ष, बिराजन शाही र भेरी नगर कमिटी सचिब प्रखरको उपस्थिति रहेको थियो भने विद्यालय प्रशासनका तर्फबाट विद्यालय ब्यबस्थापन समिति अध्यक्ष केदार जङ्ग शाह, बिधालयका पुर्ब प्र.अ हेरम्बबहादुर शाह, प्र.अ.भक्त बहादुर

मल्ल,सहायक प.्र अ. हरिबहादुर बस्नेत र ब्यबस्थापन समिती सदस्य कृष्ण शाह,दिपक बस्नेत, रन्जना शाह लगायत अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो । त्यस्तै वडा नं. ३ का वडा अध्यक्ष लिला बहादुर शाह पनि बार्तामा भएका थिए ।
बार्तामा अबका दिनबाट विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजानु पर्ने निर्णय गरिएको शाहीले जानकारी दिए । त्यस्तै उक्त बार्तामा अखिल (क्रान्तिकारी)जाजरकोट र विद्यालय प्रशासन बिच निम्न सहमतिहरु भएका छन् ।

विद्यालय संग भएका सहमति

१)विद्यालयको शैक्षिक व्यबस्थापनलाई प्रभावकारी बनाउँदै पिद्यालय हाताभित्र विद्यार्थीहरुलाई अनुशासित र व्यबस्थित वातावरण दिलाई विद्यार्थीहरुको पठनपाठनलाई नयाँ ढंगबाट अध्यापन गराउन निरन्तर वि.व्य.स.एबम् बिद्यालय प्रशासनले अग्रसरता लिने ।

२)बिद्यालयमा गुणस्तरीय एबम प्रबिधि–मैत्री शिक्षण सिकाइलाई यस शैक्षिक सत्र देखि प्रभावकारी रुपमा कार्यन्वयन गर्ने ।
३)बिद्यालयमा भैरहेको फिडर छात्रावासलाई यस शैक्षिक सत्र देखि थप व्यबस्थित बनाउदै लजाने ।

४)बिद्यालयका सबै बिद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउने पहल गरि जिल्ला स्वास्थ्य कार्यालय संग पहल गर्ने र बिद्यालयमा भएको अब्यस्थित शौचालय तथा खानेपानी ब्यबस्थापन प्रभावकारी बनाउने ।

५)बिद्यालयले लिइएको भर्ना तथा मासिक शुल्क सम्बन्धमा थप छ्लफल गर्नका लागि जिल्ला स्थित सबै विद्यार्थी संगठनका प्रतिनिधि सहितको छलफल कार्यक्रम २०७८ भाद्र २८ गते आयोजना गर्ने निष्कर्षमा पुगियो ।

No description available.

तपाईको प्रतिक्रिया