
खलंगा । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) निकट राष्ट्रिय यूवा संघ नेपालले भेरी नगरपालिका ११÷१२ मा वडा कमिटी गठन गरेको छ । यूवा संघको विस्तारित वैठक अनुसार बुधबार वडा नं. ११÷१२ वडा कमिटी निर्माण गरिएको हो ।
जसअन्तर्गत वडा नं ११ मा लक्ष्मीबहादुर कार्की अध्यक्ष, दिपक खड्का सचिव सहित १३ सदस्सीय कमिटी गठन गरिएको छ ।

यस्ते यूथ फोर्स नेपालको कमिटी समेत गठन गरिएको छ । जसमा एकदेव गौतम अध्यक्ष, सचिव उमेश हमाल सहित १० सदस्सीय वडा कमिटी गठन गरिएको छ ।
भेरी नगरपालिका १२ अन्र्तगत यज्ञश्वर भारती अध्यक्ष, मोहन तिरुवा सचिव सहित १७ सदस्सीय कमिटी निर्माण गरिएको छ ।यूथ फोर्स अन्तर्गत चेतबहादुर बस्नेत अध्यक्ष, पुर्णबहादुर राना सचिव सहित १७ सदस्सीय कमिटी निर्माण गरिएको छ ।

















































। २३ भाद्र २०७८, बुधबार