भारतको सिम्लाबाट आउँदै गरेका जुनीचाँदेका शाही सम्पर्कविहीन

भारतकाे सिम्लाबाट नेपाल आउँदै गरेका शाही सम्पर्कविहीनखलंगा । भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लाबाट नेपाल आउँदै गरेका निरज शाही सम्पर्कविहीन भएका छन् । जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ स्थायी घर भएका १८ वर्षीय शाही गत भदौं १९ गते सिम्लाबाट नेपाल आउन भनी हिडेका थिए ।

भारतमा मामाको साथमा बस्दै आएका शाही कक्षा १२ को परीक्षा दिन भनी घर फर्किदै गरेको अवस्थामा भारतबाटै सम्पर्कविहीन भएको उनका अंकल (कान्छा बुवा) बिर्खबहादुर शाहीले जानकारी दिए । ‘१२ कक्षाको परिक्षा दिने भनेर भदौं १९ गते सिम्लाबाट हिँडेको खबर आएको थियो ।’ उनले भने, ‘ छोराको खोजी कार्य भैरहेको छ । आजसम्म सम्पर्कमा आएको छैन ।’

साथै, परिवारले शाहीलाइ कोहीकसैले फेला पारेमा प्रहरी वा आफन्तलाइ (बुवा पूर्ण बहादुर शाही ९८५८०९०७९०) खबर गरिदिन आग्रह समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया