प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

कैलाली । प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा बझाङ मष्टा गाउपालिका-२ बस्ने २५ वर्षीय मनोज कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा सिंहले एकजनालाई प्रहरी बनाई दिन्छु भन्दै ठगी गरिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कैलाली धनगढी उपमहानगरपालिका-३ चौराहबाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरी बनाई दिने भन्दै पैसा माग गरी लिएको ६० हजार रुपैयाँको चेक र पीडितलाई फोन गरी धम्काई पैसा तथा चेक नदिए प्रहरीको छनौटबाट फेल गरिदिने भन्ने धम्की र प्रलोभन दिई फोन गरेको रेकर्ड समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर ठगी शीर्षक मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया