बारेकोटमा खुले विद्यालय

जाजरकोट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । जिल्लाको बारेकोट गाउँपालिका अन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन् ।

गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको शिक्षा शाखा बारेकोटले जनाएको छ । वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका प्रधानध्यापक गोरखबहादुर सिंहले भने, ‘हामीले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौं ।’

कोरोना जोखिम कम भएपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द भएकोले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको गाउँपालिकाले जनाएको छ । मेलौली ४१ सामुदायिक विद्यालय छन् । अन्य स्थानीय तहले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेका छन् ।

संघीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोही अनुसार तयारी गरिरहेका छन् । विगत पाँच महिना देखि विद्यालय बन्द हुदाँ जाजरकोटका विद्यार्थी कोही कालापहाड गएका छन् त कोही खेतीपातीमा व्यस्त छन् । विद्यालय विद्यालय सञ्चालन भएपछि विस्तारै विद्यार्थीहरुको संख्या बढिरहेको छ ।

तपाईको प्रतिक्रिया