काँग्रेस महाधिवेशन : ‘मेरो उम्मेदवारी जिल्लामा कार्य समिती सदस्यमा हुन्छ’ :रितिक वर

No description available.

नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा जाजरकोटमा पनि माहोल तातिएको छ । सभापति देखि सदस्य सम्मका लागि नेताहरुको दौडधुप चलिरहेको छ । धेरैले सामाजिक सञ्जाल मार्फत आफुले उम्मेरदवारी दिएको घोषणा गरिहेका छन् । यस्तै मध्ये जिल्लाको भेरी नगरपालिका १३ कुदुका रितिक वरले पनि जिल्ला कार्यसमिति सदस्यमा आफुले उम्मेरदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसवुक मार्फत निकै भावुक बन्दै गरिव, विपन्न समुदाय बाट आफुले उम्मेरदवारी दिएको घोषणा गरेका छन् । उनी यस भन्दा अघि तरुण दल भेरी नगर कमिटीका सदस्य समेत थिए ।

उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै
म संग कुनै महल छैन , बैंकमा रकम जम्मा भएको छैन । म रात दिन भोकभोकै जनता र देश भनेर सक्रिय राजनीतिमा लागेको छु । मेरो परिवारमा खाना लगाउन समेत नपुग्ने । देशका सामन्तको थिचोमिचो र दबाबमा बसेको छ । राज्यको कुनै पनि निकायमा पुगेको छैन । पुग्ने आँट गर्न दिएको पनि छैन ।

नेपाली जनता जति गरिब छन् । ती भ्रष्टाचारी ,माफिया ,तस्कर अपराधी र सामन्त सम्पन्न परिवारका वर्ग कै कारण पछाडि परेका छन् । त्यही समाज त्यही बर्गको मान्छे हुँ । म एउटा बिपन्न परिवार बर्गको मान्छे नेतृत्वमा जानुपर्छ भन्ने मान्यता राख्र्दछु । नेपालमा जति राजनीति पार्टी छन् । ती सबै पार्टीमा बिपन्न बर्गको परिवार भित्रबाट पार्टीको नेतृत्व गर्न पाउनुपर्छ र देशको नेतृत्वमा जानुपर्छ ।

अब नेपाल देशको राजनीति ईमानदार , नैतिकवान , क्षमतावान् , दक्ष , भिजन बोकेको ब्यक्ति आउनुपर्ने हुन्छ । भन्ने मान्यता म राख्दछु । बिश्वका हरेक देशमा विकासले सम्पन्न भएका देशको संग प्रतिस्पर्धा गर्न सक्ने नेपाललाई बनाउने भिजिनरी नेता आवश्यक छ ।

हामी नेपाली जनता नेपालका हरेक समुदायमा माथी उल्लेख गरिएका ब्यक्ति आउनु पर्छ भन्ने मान्यता राख्दछन् । जनता वर्तमान परिस्थितिमा अब नेपाली काँग्रेस पार्टीमा सक्षम नेतृत्व बनाउन पनि युवा दलित र विपन्न परिवार भित्रका केही गर्ने भिजन बोकेका मान्छे अब नेतृत्वमा पुग्न प्रयास मात्र होइन संघर्ष गरेर अब नेतृत्वमा पुग्नुपर्छ । आन्दोलनको आँधिभेरी ल्याएर भएपनि संघर्ष गर्नैपर्छ ।

नेपाली काँग्रेस १४ औं महाधिवेशन नजिक आईरहेका बेला युवा दलित र विपन्न समाज र परिवारबाट भएपनि वडा देखि केन्द्र सम्म बिपन्न परिवारबाट जिम्मेवारी मुख्य पदमा प्रतिस्पर्धा गर्न आवश्यक पर्दछ ।

अब नेपाली काँग्रेस पार्टीलाई युवामय बनाउने जिम्मेवारी र लोकतान्त्रिक शक्तिशाली पार्टी बनाउन मेरो उम्मेदवारी १४ औ महाधिवेशनमा जाजरकोट जिल्ला कार्य समिती सदस्य रहेने सबैमा घोषणा गर्दछु ।

अब काँग्रेसको नेतृत्व असल र सक्षम लोकतान्त्रिक बनाउन नेपाली काँग्रेसलाई देशको ठूलो पार्टी बनाउने तर्फ अब युवाको ध्यानाकर्षण हुनुपर्छ । युवा नै नेतृत्वमा जाँदा उपयुक्त देखिन्छ । जाजरकोटका जिल्लाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता क्रियासिल सदस्य बौद्धिक ब्याक्तित्व पार्टीका अग्रज नेता ज्युहरुले मलाई सहयोग गरी जाजरकोट जिल्ला कार्य समिति सदस्य छनौट गर्नु हुनेछ र माया गर्नुहुने छ भन्ने आशा गरेको छु । धन्यवाद !
रितिक वर
सह – संयोजक
नेपाल तरुण दल भेरी नगरपालिका जाजरकोट

तपाईको प्रतिक्रिया