अविरल बर्षाका कारण रानागाउँमा घर भत्किदा सात लाख बराबरको क्षति

No description available.
प्रेम विश्वकर्मा
जाजरकोट । केही दिनदेखिको अबिरल वर्षाका कारण जिल्लाको अधिकांश ठाउँमा क्षति पु¥याएको छ । भेरी नगरपलिका वडा नं. ४ रानागाउँमा पनि आईतबार रातिको अबिरल वर्षाका कारण एक घर भत्किएको छ । सोमबार बिहान करिब ६ः३० बजे रामबहादुर सिंहको घर भत्किएको हो ।

पुरानो तीन तले कच्ची घर भत्किएर पूर्णरुपमा नष्ट भएको छ । घर भत्किएर नजिकै रहेको सान्नी कुमार बि क को दुई तले कच्ची घरको छतमा पर्न आएको स्थानियले जानकारी दिए । सिंहको घर भत्किएपछि वरपरका घरहरु पनि जोखिममा रहेको प्रहरीले बताएको छ ।

No description available.

हाल घरमा कोही नबस्ने भएकाले मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । छोराहरु जागिरको सिलसिलमा रहेका र बुबा सुर्खेत बस्दै आइरहेको प्रहरीले जनाएको छ । मानविय क्षति नभएपनि तीन तले घर नष्ट हुदा करिब ७ लाख बराबरको क्षति भएको श्रोतले खुलाएको छ ।

घर भत्किएपछि उद्धारका लागि स्थानियहरु तत्काल आएका थिए । स्थानियले प्रहरीलाई सुचना दिएपछि उद्धारका लागि प्रहरी सहायक लोक बहादसर भण्डारीको कमाण्डमा १२ जनाको टिम खटिएको थियो ।

त्यस्तै उद्धारकै लागि शसस्त्रबाट श.प्र.ना.नि सहबिर बि क को कमाण्डमा १० र आर्मी जमदारको कमाण्डमा १५ जनाको टिम खटिएको थियो । बिहानदेखि लगातार ११ बजेसम्म खाना पनि नखाएर उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया