मध्यपश्चिम विश्वविद्यालयमा रोकिएका सबै परीक्षा भदौ २८ गते देखि सञ्चालन हुने

नेपाल समय

सुर्खेत । मध्यपश्चिम विश्व विद्यालयले विभिन्न तहका वार्षिक र मौका परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार विश्वविद्यालयले वीएसी, वीएससी सीएसआइटी, वीए, वीएड, वीवीएको आठौं सेमेष्टरका मौका परीक्षा, सेमेष्ट नै ग्याभ भएका एमवीएका पहिलो र तेस्रो सेमेष्टर वार्षिक परीक्षा लिन लागेको हो। यस्तै वीएड, एमएड, वीवीए, वीएचएम, वीटीटीएम वीवीएस, वीएमसी, एमवीए, वीए, एमए, वीइ सीभील र कम्प्यूटर होइड्रोका दोस्रो, चौथो र छैटौं सेमेष्टरका वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको विश्व विद्यालयले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार भदौ २८ गतेदेखि दसैंको अघिल्लो दिन अर्थात असोज २० गतेसम्म परीक्षा लिने छ ।

जस अनुसार पहिलो दिन (भदौ २८ गते) विज्ञान तथा प्रविधि संकायका स्नातक तहका वीएसी र वीएसी सीएआइटीका आठौं सेमेष्टरका मौका परीक्षा र अन्तिम दिन (असोज २० गते) शिक्षा शास्त्र संकायअन्तरगत वीएड चौथो सेमेष्टरका परीक्षाहरू हुनेछन्। सेमेष्टर ग्याभ भएका परीक्षाहरू बिहान ८ बजेदेखि १०ः३० बजेसम्म र अन्यको सन्दर्भमा मध्यान्न १२ बजेदेखि दिउँसो २ः३० बजेसम्म सञ्चालन हुनेछन ्।

विद्यार्थीहरूले अनलाइन वा भौतिक उपस्थितिमध्ये कुनै एउटा माध्यम रोजेर परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा. आनन्दप्रसाद सुवेदीले जानकारी दिए । तर, प्रयोगात्मक पत्र, प्रतिवेदन लेखन, ट्रम पेपरलगायत विषयको परीक्षा लिखित परीक्षा सकिएको १५ दिनभित्र परीक्षा नियन्तण कार्यालयमा पुग्ने गरी सम्बन्धित क्याम्पसले कार्यतालिका बनाएर परीक्षा लिनेछन् ।

यसअघि साउन ८ गतेदेखि हुने भनिएका वार्षिक तथा मौका परीक्षाहरू विद्यार्थीहरूको आन्दोलनका कारण डेढ महिनादेखि रोकिएका थिए ।

शनिबारमात्रै विश्वविद्यालय उच्चस्तरिय समस्या समाधान समिति र आन्दोलनरत विद्यार्थी ७ बुँदे सहमतिपछि विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेर विश्वविद्यालयमा लगाइएको ताला खोलिएको थियो ।

विद्यार्थीको आन्दोलनका कारण दसैंको अघिल्लो दिनसम्म परीक्षा सञ्चालन गर्नु परेको विश्वविद्यालय जनाएको छ । यस वर्षको ससैं असोज २१ गतेदेखि सुरु हुँदैछ । असोज २१ गते घटस्थापना परेको छ ।

तपाईको प्रतिक्रिया