नेकपा (विप्लव) निकट जनपत्रकार संगठन जाजरकोटमा गठन, अध्यक्षमा वीरेन्द्र शाही

No description available.
तिलक बिष्ट, जाजरकोट । जनपत्रकार संगठन नेपाल जाजरकोटको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । आईतबार सदरमुकाम खलंगामा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता, मानवअधिकार रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता’ भन्ने मुल नाराका साथ प्रथम भेला सम्पन्न भएको हो ।

भेलाले वीरेन्द्र शाहीको अध्यक्षतामा ३ सदस्यीय पछि थप्ने गरि १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष प्रेम वि क ,सचिव सुनिल सिंह, सह सचिव, कविता वि क कोषाध्यक्ष दिलमाया महतारा रहेका छन् ।

भेलालाई प्रमुख अतिथि तथा जनपत्रकार संगठन नेपाल का केन्द्रीय सदस्य वसन्त वि कले सम्बोधन गर्दै पत्रकारिता पनि वर्गीय भएकोले जनताको पक्षमा कलम चलाउने पत्रकार हुनुपर्ने बताए । उनले पत्रकारिता भित्र पनि दलाली चलेको उल्लेख गर्दै त्यस्तो पत्रकारिता अन्त्य गर्न आवश्यक भएको बताए ।

दलाल पत्रकारिता अन्त्यको लागि दलाल संसदिय व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवाद चाहिने भन्दै त्यसको लागि जनमत संग्रहको आवश्यकता रहेको उनको भनाई छ । नेकपा केन्द्रीय सदस्य तथा विशेष अतिथि संगम आर सि ले अहिलेको संसदिय व्यवस्था असफल भैसकेको दावि गर्दै यसको विकल्प खोज्ने अधिकार जनतालाई दिनुपर्ने बताए । उनले पत्रकार संगठन राज्यको मात्र नभई पार्टीको समेत चौथो अंग भएको उनको भनाई छ ।

यस्तै, भेलामा नेकपाका जिल्ला सेक्रेटरी अनन्तले संसदीय व्यवस्थामा केही पत्रकारहरु लुटिखाने र लुट्ने ठाउँमा पुगेको बताए । भेलामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि वसन्त वि क विशेष अतिथि संगम आरसि लगायतले बधाई दिएका छन् । विरेन्द्र शाहीको अध्यक्षतामा सुरु भएको सो कार्यक्रम अखिल (क्रान्तिकारी)जाजरकोट सचिव तिलक बिष्टले सञ्चालन गरेका थिए । कार्यक्रममा जिल्लाभरी बाट झन्डै ३० जना प्रतिनिधिहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया