
जाजरकोट । नलगाड नगरपालिकामा आँखा तथा कानका विरामीहरुको पहिचान गर्न सुरु गरिएको छ । नेपाल नेत्र ज्योती संघद्धारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले नलगाडमा आँखा तथा कानका विरामीहरुको पहिचान गर्न सुरु गरेको हो ।
दृष्टी र श्रवण गर्ने क्षमतामा समस्या भएका नागरिकहरुको उपचारमा सहयोग गरेर जीवनयापनमा सुधार ल्याउन नेत्र ज्योती संघको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले नलगाडमा आँखा तथा कानका विरामीहरुको पहिचान गर्न सुरु गरेको कार्यक्रको नलगाड सामाजिक संयोजक निर्मलाले बताईन् ।
आँखा तथा कानको स्वास्थ्य पहुँचलाई बिस्तार गर्न, आँखा कानको उपचार प्रणालीमा सवलिकरण गर्न, अपाङ्गता भएका नागरिकहरुको अधिकार सुनिश्चतता गर्न नेत्र ज्योती संघले नलगाड नगरपालिकामा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम संचालन गरेको सामाजिक संयोजक निर्मलाको भनाई रहेको छ ।
सामाजिक संयोजक निर्मलाले दिएको जानकारी अनुसार नलगाड नगरपालिकाको वडा नं. १ र २ मा १८१ जनाको आँखा र कान परीक्षण गरिएको छ । परीक्षण गरिएका १८१ जना मध्ये १०२ जना महिला र ७९ जना पुरुष रहेका छन् । परीक्षणबाट ९५ जनाआँखाको समस्या भएका विरामी र ३४ जना कानको समस्या भएका बिरामीको पहिचान गरिएको निर्मलाले बताईन् ।
१५ जना आँखा तथा कानका विरामीलाई उपचारको लागि जाजरकोट खलंगा, सुर्खेत लगाएतका ठाउँमा रिफर गरिएको निर्मलाले जानकारी दिएकी छन् ।दुई वटा वडामा ८ दिन सम्म गरिएको परीक्षणबाट ४ जना शारिरिक रुपमा अपाङ्ग रहेका व्यक्तिहरुको पहिचान गरिएको निर्मालाको छ ।
पहिचान गरिएका ४ जना अपाङ्ग नागरिक मध्ये एक जना १२ बर्षिय बालक जन्मजात दायाँ आँखा नदेख्ने रहेको निर्मलाले बताईन् । गत साउन देखि सुरु भएको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले नलगाड नगरपालिका सबै वडाहरुमा आँखा तथा कानका विरामीहरुको पहिचान गर्ने भएको छ ।
तीन बर्षसम्म संचालन हुने कार्यक्रमले मोतिविन्दु भएका गरिब विरामीहरुलाई शल्यक्रियामा सहयोग गर्ने, एकीकृत आँखा तथा कान स्यार केन्द्र स्थापना गर्ने, सरकारी स्वास्थ्य चौकीहरुमा आँखा तथा कान सम्बन्धि प्राथमिक स्वास्थ्य सामाग्री सहयोग गर्ने, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई आँखा तथा कान सम्बन्धिको तालिम दिने, दृष्टी बिहिन तथा बहिरोपन भएका व्यक्तिहरुलाई व्यवसायिक सिप विकास तालिम दिने योजना रहेको बताईएको छ ।
















































। १३ भाद्र २०७८, आईतवार