’
छोरीको पुरानो तस्वीर देखाउँदै लुमबहादुर कामी
जाजरकोट । एउटा सानो घर । त्यो घरमा बस्ने बाआमा । बाबा र आमाको आँखामा आँसु नआएको एक दिन छैन । जिल्लाको बारेकोट गाउँपालिका २ मा बस्ने लुमबहादुर कामी छोरीको प्रखाईमा बसेको चौध बर्ष पुरा भयो । चौध बर्ष सम्म छोरी आउने आश मै उनका दाई धर्मे कामीको मृत्यु भयो । गाउँमाकुनै नौलो मान्छे आउँदा छोरी आइन्भनेर खुशीले गदगदहुने गर्छन । तर नजिक आउँदा छोरी नहुँदा उनीहरुको मनमा विह्र सिर्जना हुने गर्छ ।
आफुले जन्मदिएको एक मात्र सन्तान । २०६४ सालमा तत्कालिन नेकपामा ओवादीले गाउँ संगठनमा भन्दै उनलाई पार्टीको कार्यक्रम लग्यो । उनले कुराकानीमा आँखामा आँसु झार्दै भने, “मेरी छोरीको पार्टीको नाम अस्मिता हो । घरमा हामीले मायाले उनलाई लिला भन्ने गथ्यौँ । सानै उमेरमा अस्मिता पार्टीमा लागेको बताए । आफु पार्टीको गाउँ परिषदको अध्यक्ष भएर मुल्साम गएको थिए । त्यही मौकामा मेरी छोरीलाई पार्टीका कार्यकर्ताले कार्यक्रममा लगेको उनको भनाई छ । उनले आँखा बाट आँसु झार्दै भने, ‘सन्तानको नाममा त्यही एउटी छोरी थिइन ।
उनी पनि घर फर्केकी छैनन् कसरी चित्त बुझाउने होला, मेरी छोरीको खोजीमा मैले तत्कालिन माओवादीमा आवद्ध सबै साथीहरु संग प्रश्नगर्ने गरेको छु किलास चाहियो कि सास चाहियो ? तर उहाँहरु प्रयास गरौला भन्नुहुन्छ । तर कुनै खोजी कार्य भएको छैन ।’ दुई चार बर्ष पहिले कता हो कता छोरी घरमा आएर गएकी हुन । अहिले त कुन दुनियाँमा छन् ।
अत्तो पत्तो कुनै पनि छैन । मेरी छोरीलाई खोजेर साथ दिनुप¥यो । उनीहरुको मनमा एक सन्तानको माया कति हुन्छ । तीबाआमालाई मात्रथाहा हुन्छ होला । छोरीको प्रखाईमा बसेको मात्र चौध बर्ष भएको उनले तितो सत्य सुनाए । विरामी हुदाँ आफुलाई पानी समेत खुवाउने मान्छे नहुँदानिकै समस्या भएको उनको दुखेसो छ ।
उनले मेरी छोरीलाई भेट्ने मान्छेले हाम्रो पहुँच डटकम जाजरकोटलाई सम्पर्क गरिदिन समेत आग्रह गरेका छन् । ‘छोरी आए ठिकै छ नत्र छोरीको प्रखाईमै जिन्दगी विताउन तयार छु । प्रिय कमरेडहरु म पनि विभिन्न संघर्ष र बलिदानमा हुर्केको मान्छेहरु पार्टीले मलाई त्येति वेला गोली समेत हान्न तयार भएको वेला छाती खोल्न तयार थिए ।’आजपनि पार्टीको कार्यक्रम र सभा समारोहमा समेत जाने गरेको छु । मिल्छ भने कतिपयले कालिकोटमा छन् भन्ने गरेका छन् । कालीकोटमा भएपनि खोजेर सहयोग गरिदिन सबै कमरेडहरुमा मेरो आग्रह रहेको छ ।
भनी उनले पत्र समेत लेखेका छन् । १४ बर्षको कलिलो उमेरमा पार्टीका लागेकी मेरी छोरी अहिले कता गएकी छन् थाहा नै छैन । भेटे पछि मलाई यो संसारमा बाँच्न यति सजिलो हुनेथियो । मरेको भएलास ल्याइदेउ । जिवीत भएसा स सम्म पुर्याइदिउन । सबैमा मेरोआग्रह छ ।उनीअ हिले विरामीभएर मिसन अस्पताल चौरजहारीमा उपचाररत्त छन् । छोरीकै प्रखाईमा विते चौध बर्ष, कहिले भेटिए लिन् मेरी छोरी ।
















































। १३ भाद्र २०७८, आईतवार