११ भाद्र २०७८, शुक्रबार

वाईसिएलको केन्द्रिय अध्यक्षमा यशोदा नै किन ?

No description available.जाजरकोट ।  माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्दैछ । भदौ १२ र १३ गते हुने भेलाले वाइसिएलको नयाँ नेतृत्व चयन गर्नेछ ।

वाइसिएलका वर्तमान केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई पार्टीले वाइसिएलको र युवा विशेष जिल्ला समितिको इञ्चार्जको जिम्मेवारी दिएकाले उनी बाहेकले अब वाइसिएलको नेतृत्व गर्नेछन् । हालसम्म अध्यक्ष चार जना दाबेदार छन् ।

वाइसिएलका वर्तमान उपाध्यक्षहरु सुमन देवकोटा (अब्दुल), यशोदा न्यौपाने र सुरज सिंह तथा महासचिव सुवोध सेर्पाली अध्यक्षका दाबेदार हुन् ।

No description available.

वाईसिएलको केन्द्रिय अध्यक्षमा यशोदा नै किन ?

कर्णाली प्रदेश निकै पिछडिएको प्रदेश हो । त्यसै मध्ये पनि कालिकोट जिल्ला झनै पिछडिएको जिल्ला हो । उमेरले १५÷१६ बर्षको हुदाँ देखि नै माओवादी आन्दोलनमा हुम्मिएकी यशोदा न्यौपाने अहिले माओवादी केन्द्रमा कर्णाली प्रदेश बाट महिला नेत्रिहरु मध्ये सक्रिय नेत्रि हुन् । पार्टीले थालेको विभिन्न आन्दोलनमा सहभागी बन्दै । हाल वाईसिएल नेपालको केन्द्रिय उपाध्यक्षमा काम समेत गरिसकेकी छन् ।

अव हुने वाइसिएलको केन्द्रिय अध्यक्षमा महिला नेत्रिहरु मध्ये यशोदाको नाम अग्रपंक्तिमा आउने गरेको छ । २०४० साल भदौ ५ गते जुम्लामा जन्मिएकी यशोदा अहिले कालिकोटमा बस्दै आएकी छन् । १२ बर्षको उमेरमा तत्कालिन माओवादी पार्टीको थालेको शसस्त्र जनयुद्धमा भुमीगत बनी आन्दोलनमा आफ्नो जीवन सुम्पिएकी थिईन् । जनयूद्धको वेला विभिन्न मोर्चा सम्हाल्दै आएकी यशोधालाई एक साहसिक महिला नेत्रीको रुपमा लिने गरिन्छ ।

No description available.

यूद्धका विभिन्न मोर्चामा आफ्नो उत्कृष्ट कौशल्ता प्रर्दशन गर्दै एउटा महिला पनि पुरुष भन्दा कम हुदैनन् भन्ने प्रमाणित गर्ने नारी हुन् यशोदा । माओवादी केन्द्रको जिल्ला सदस्य, प्रदेश सदस्य हुदै वाईसिएल नेपालको केन्द्रिय उपाध्यक्ष समेत बनिसकेकी यशोदालाई उनका शुभचिन्तकहरुले अहिले केन्द्रिय अध्यक्ष बनेको हेर्न निकै सहानुभुती देखाएको देखिन्छ । हजारौ यूवाहरुको माझमा सरल,सालिन, जुझारु, नेतृत्वमा उत्कृष्ट क्षमता प्रर्दशन गर्ने यशोधा कर्णालीको जनमुक्ति सेनाको अफिसर कर्णालीको साहसिक योद्धाको रुपमा लिने गरिन्छ ।

उनको सामाजिक सञ्जाल फेसवुकमा अहिले उनका शुभचिन्तकहरुले वाईसिएल नेपालको केन्द्रिय अध्यक्ष यशोदालाई नै दिन पार्टीका नेतृत्वलाई गुहार गरिरहेका छन् । कर्णालीमा माओवादी पार्टीलाई स्थापित गर्न यशोदाको पनि ठुलो हात रहेको छ । माओवादी केन्द्र समावेशीको हिसावले पनि अरु दलहरु भन्दा निकै लोकप्रिय पार्टी मानिन्छ ।

यसैको परिक्षा अव महिला हुदैछ । वाईसिएल नेपालको केन्द्रिय अध्यक्षमा यशोदालाई मनोनित गरेमा प्रतिफल निकै फरक देखिनेछ । त्यसैले विकट कर्णालीको नेतृत्व गर्दै, सम्पुर्ण यूवाहरुको आशा र भरोशाका केन्द्रविन्दु यशोदा न्योपानेलाई केन्द्रिय अध्यक्ष बनाउँदा निकै सरहनीय कार्य हुने विश्लेषकहरुको भनाई छ ।