नेकपा (विप्लव)द्धारा नलगाडको सूर्याेदय मा.वि.मा चौविस हजार सहयोग

खलंगा । नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले नलगाड नगरपालिकाको कैनामा रहेको सूर्याेदय माद्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

विद्यालयको आर्थिक अवस्था कमजोर भएको र विद्यार्थीलाई बस्न समेत समस्या भएका कारण थोरै भएपनि विद्यालयमा सहयोग पुगोस् भनी सहयोग गरिएको नलगाड नगर कमिटी ईन्चार्ज प्रशान्तले जानकारी दिए ।

विद्यालयका प्रधानध्यापक नरबहादुर शाहीले एक सुचना जारी गरी हाम्रो आग्रहलाई स्वीकार गरी आर्थिक सहयोग गरेकोमा नेपाल कम्युनिष्ट पार्टीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु भनिएको छ ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीले जनताका हरेक समस्यामा साथ दिदै आएको छ ।

No photo description available.

तपाईको प्रतिक्रिया