रुकुम पश्चिमका स्थानीय तहको बेरुजु ३० करोड


रुकुम पश्चिम । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार जिल्लामा झण्डै ३० करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखाको ५८ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा ३० करोड २३ लाख रुपैयाँ बेरुजु निस्किएको हो ।

सबैभन्दा बढी त्रिवेणी गाउँपालिकामा र सबैभन्दा कम सानीभेरी गाउँपालिकामा बेरुजु देखिएको छ । ९१ करोड ६८ लाख ६ हजार रुपैयाँको लेखापरीक्षण गरिएकामा त्रिवेणीमा ९ करोड ३ लाख ३ हजार बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ९.८३ प्रतिशत हो । सानीभेरी गाउँपालिकाको बेरुजु ०.९९ प्रतिशत मात्र छ । गाउँपालिकाको ९१ करोड ५९ लाख ३३ हजार बजेटको लेखापरीक्षण गरिएकामा ९० लाख ७० हजार बेरुजु देखिएको हो ।

बाँफिकोट गाउँपालिकामा १.७९ प्रतिशत बेरुजु देखिएको छ । ६९ करोड ४१ लाख २७ हजारको लेखापरीक्षण गर्दा १ करोड २४ लाख ९ हजार बेरुजु फेला परेको छ । १ अर्ब ३० करोड १५ लाख ५३ हजारको लेखापरीक्षण गर्दा मुसीकोट नगरपालिकामा ५ करोड ३८ लाख ४५ हजार बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ४.१४ प्रतिशत हो । चौरजहारी नगरपालिकाको बेरुजु ५ करोड ६६ लाख ६४ हजार छ । यो लेखापरीक्षण गरिएको बजेटको ४.९८ प्रतिशत हो ।

चौरजहारीमा १ अर्ब १५ करोड ९२ लाख ६६ हजारको लेखापरीक्षण भएको थियो । आठबीसकोट नगरपालिकामा ८ करोड ६४ हजार बेरुजु देखिएको छ । आठबीसकोटमा कुल १ अर्व ६३ करोड १६ लाख ९२ हजार बजेटको लेखापरीक्षण गरिएको हो । उसको बेरुजु प्रतिशत ४.९१ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया