
कालिकोट । कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बलात्कार आरोप लागेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन् । बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ । पीडित महिलाले ढोका खोल्छिन् । खाटमा बस्ने बित्तिकै मन्त्री शाहीले उनलाई अंगालोमा बेर्छन् ।
प्रहरीको सम्पर्कमा पुगेका पीडितहरुले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन् । जति बेला शाही प्रदेश सांसद मात्रै थिए । प्रहरीसम्म यो घटना ढिलोगरी पुग्नुमा पीडितहरुले तत्कालीन सांसद एवम् हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको देखिन्छ । कानुन व्यवसायीसँग छलफल गर्न पठाएका पीडित युवक गत शुक्रबार मध्यराति भेरी पुलमा कुटिएको घटनाबाट प्रहरी गम्भीर बनेको छ ।
पीडित महिलाका अनुसार मन्त्रीका स्वकीय सचिवले भने छलफलका लागि भन्दै राति ९ गतेतिर गाडीमा राखेर मन्त्रीका अंकलका छोराले लगेका थिए । उनीहरु छिन्चु बजार पुगेर एक होटलमा मदिरापान सहित छलफलमा जुटेका थिए । फर्केर आउदा भेरीको पुलमा विवाद भयो । उक्त विवाद पारिवारिक नै थियो । तर घटना विवरण अनुसार छिन्चुमा लेनदेनको विषय नमिलेपछि उनीहरु वीरेन्द्रनगर फर्किएका थिए । वीरेन्द्रनगर फर्किनेक्रममा स्वकीय सचिव र शाहीले पीडित महिलाका श्रीमानलाई राति साढे १२ बजेतिर कुटपिट गरेका थिए। प्रहरीले साढे १ बजेतिर युवकको उद्दार गरेको थियो ।
उनले श्रीमान सम्पर्कविहिन भएदेखि आफुले चार दिनदेखि खाना पनि नखाएको बताइन् । ‘मन्त्रीका स्वकीयले बोलाएर गएको, मध्यराति प्रहरीले भेरी पुलबाट उद्दार गरेको थाहा छ,’ उनले भनिन्, ‘त्यसयता श्रीमानको अत्तोपत्तो छैन् ।’ उनले श्रीमान फेला नपर्दासम्म बलात्कारको विषयमा केही नबताउने बताइन् ।
यता कृषिमन्त्री शाहीले सांसद हुँदा स्वकिय राखेका आर्थिक हिनामिना गरेका कारण आफुले स्वकिय राख्नबाट हटाएको र त्यसैको रिसमा श्रीमतीसँग कृत्रिम भिडियो बनाएर धम्की दिएको बताए । उनले भने, यो बारम्बारको बार्गिनङ हो । उसँग दुई वर्ष अगाडि देखि बोलचाल बन्द छ । विभिन्न योजना हालिदिनका लागि बाराम्बार मलाई दबाब पनि दिएको छ । यता कृषि मन्त्रीका पूर्व स्वकिय कसैको सम्पर्कमा छैनन् । उनी श्रीमतिको पनि सम्पर्कमा छैनन् । मन्त्रीकै आफन्तले पुर्व स्वकिय सेजुवाललाई बेपत्ता बनाएको हुन सक्ने अनुमान गरिएको छ ।
















































। ६ भाद्र २०७८, आईतवार