
खलंगा । अबिरल बर्षासंगै आएको पहिराले कुशे गाउँपालिका ८ औलरिजा स्थित सरस्वती माध्यामिक विद्यालय भवन भत्काएको छ । गत साउन २७ गते आएको पहिरोले सरस्वती माविको भवन भत्काएको हो ।
पैंक प्रहरी चौकीबाट गएको प्रहरी टोलीले भत्किएको विद्यालय भवन प्रहरी मुजुल्का बनाएको छ । पहिरोले भत्किएको विद्यालयमा पठनपाठन गर्न सकिने अबस्था नभएको प्रधानाध्यापक केशव राज रोकायले जानकारी दिएका छन् ।
डोजरले खनेको सडकको माटोसंगै आएको पहिरोले विद्यालय भवन बगाएपछि उक्त ठाउँमा नयाँ विद्यालय भवन बनाउन नसकिने अबस्था भएको प्रअ रोकायको भनाई रहेको छ ।
विद्यालयको पठनपाठनलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि उक्त भवनलाई औलरिजाको जिउला खेतमा सार्नुपर्ने अबस्था सृजना भएको प्रअ रोकायले बताए । कक्षा १० सम्मको पढाई हुने विद्यालयमा तत्काल विद्यालय संचालन गर्नका लागि मर्मत गर्नुपर्ने प्रअ रोकायले बताए ।
विद्यालय भवन मर्मतका लागि आफुले वडा अध्यक्ष अमर बहादुर रोका मार्फत गाउँपालिकासंग अनुरोध गरेको प्रअ रोकायले जानकारी दिए। गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालयको भवन मर्मत गर्नलाई झण्डै ४५ दिन भन्दा बढिको समय लाग्ने प्रअ रोकायले बताए ।
विद्युतिय गतिमा उक्त विद्यालय भवन मर्मत गरेमा आगामी असोज २३ गते पछि मात्र विद्यालय संचालनमा पठनपाठन गर्न सकिने प्रअ रोकायले जानकारी दिए ।
















































। ६ भाद्र २०७८, आईतवार