१५ हलिया परिवारलाई खाद्यान्न


खलंगा । जिल्लाका दुई स्थानिय तहका १५ हलिया परिवारलाई खाद्यान्न वितरण गरिएको छ । आईतवार नलगाड नगरपालिका ३ घर परिवारलाई र बारेकोट गाउँपालिका १२ गरि जम्मा १५ घर हलिया परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया महासंघद्वारा जाजरकोट जिल्लाको समन्वयमा प्रतिघर ३० किलो, चामल ४ किलो दाल, २ किलो चिनी, २ किलो नुन, २ लिटर तेल ५ पसि साबुन वितरण गरेको राष्ट्रिय मुक्त हलिया महासंघद्वारा जाजरकोटका अध्यक्ष डम्बर नेपालीले जानकारी दिए ।

एक सय जना हलिया परिवारलाई खाद्यान्न वितरण गर्ने क्रममा दुई स्थानिय तहका १५ परिवारलाई खाद्यान्न वितरण गरि सकेको र बाँकी हलिया परिवारलाई खाद्यान्न विरतण गर्ने काम निरन्तर रहेको समेत अध्यक्ष नेपालीले बताए ।

तपाईको प्रतिक्रिया