
जाजरकोट । एकिकृत पाठ्यक्रम कार्यान्वयन सम्बन्धी शिक्षकको पेशागत विकास टिपिडि तालिमको समापन गरिएको छ । मानव संशोधन विकास केन्द्र कर्णाली प्रदेशको आयोजना, पहाडी क्षेत्र विकास अभियानको समन्वय र सेभ द चिल्डे«नको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिमको समापन गरिएको हो ।
जिल्लाको कुशे गाउँपालिकाका ३० वटा सामुदायिक विद्यालयका ३० शिक्षक ÷शिक्षिकाको सहभागिता रहेको थियो । तालिम पश्चात् आफ्नो पेशाप्रति जिम्मेवार बन्ने प्रेरणा मिलेको तालिममा सहभागी रामचन्द्र प्राथिमक विद्यालय पाँचकाटियाका प्र.अ. निमबहादुर वलीले बताए । पुराना पाठ्यक्रममा आधारित भएर अध्यापन गराईरहेका हामी नयाँ पाठ्यक्रमलाई कसरी कार्यान्वयन गर्ने र विद्यार्थीलाई कसरी ज्ञान दिने भन्ने विषयमा धेरै ज्ञान सिकेको सहभागि शिक्षिका टिका नेपालीले बताईन् ।

शिक्षक समाजको शिक्षित वर्ग भएकोले समाजमा सकरात्मक सन्देश दिनुपर्ने तालिममा सहभागी शिक्षकहरुको भनाई थियो । भाद्र २९ गते देखि शुरु भएको तालिम भदौ ६ गते सम्म सञ्चालन गरिएको थियो । उक्त तालिमको प्रशिक्षण मान संशाधन विकास केन्द्र कर्णालीका सुर्वण खड्का र हरी रावलले गरेका थिए । शिक्षकहरुको क्षमता विकास र पाठ्यक्रम कार्यान्यवनमा तालिमले महत्वपुर्ण भुमिका खेलेको प्रशिक्षक खड्काले विश्वास व्यक्त गरे ।
















































। ६ भाद्र २०७८, आईतवार