स्वास्थ्य चेक गराउनै मान्दैनन् राउटे


सल्यान । कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमेन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदायले स्वास्थ्य परीक्षण गर्न नमान्ने गरेको पाइएको छ ।
शनिबार राउटे समुदायको बस्तीमै गएर गरिएको स्वास्थ्य शिविरमा १ सय ४० मा जम्मा १२ जना राउटले मात्र स्वास्थ्य परीक्षण गराएका छन्।

खाद्यन्न लगायत अन्य सामानका लागि अग्रसर हुने तर स्वास्थ्य परीक्षणमा भने निकै कम मात्रामा सहभागी भएको सल्यान जिल्ला अस्पतालका मेडिकल डा. भीमकान्त जैसीले बताए ।

स्वास्थ्य परीक्षण गरिएका व्यक्तिमा पनि ठूलो समस्या नदेखिएको उनको भनाइ छ । छाला, बाथ, घुँडा दुख्ने जस्ता समस्या देखिएको उनको भनाइ छ । उपचारमा राउटे समुदाय सक्रिय नहुँदा उनीहरूको स्वास्थ्य आउने समस्या के हो त्यो पहिचान गर्न नसकिएको डा. जैसीले बताए। उनले भने महिलाहरू अगाडि आएर जाँच गर्न हिचकिचाउने, बोल्न नमान्ने गरेका कारण सबैको स्वास्थ्य परीक्षण गर्न सकिएन ।

चार जनाको मृत्यु भएपछि सुर्खेत बसाइँ सरे

सल्यानमा आएको दुई महिनामै चार जनाको मृत्यु भएपछि घुमन्ते जीवन बिताउने राउटे समुदाय सुर्खेत नै गएका छन् । असार ८ गते सल्यानको कालिमाटी गाउँपालिका –५ काल्चेको डाँडमा बस्दै आएका राउटे पुनः सुर्खेत नै फर्किएका हुन ्।

उनीहरु सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका –१ सिमसारमा बसेका छन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई वषीया मयो शाही, ३४ वर्षीय दल बहादुर शाही,, २१ वर्षीय मानसिहं शाही र गत बुधबार सात वर्षीया डवी शाहीको मृत्यु भएपछि बसाइँसराइ गरेका हुन् ।
मुखिया वीरबहादुर शाहीका अनुसार डवी शाहीको मृत्यु भएपछि उनीहरू बसाइँ सरेका हुन् ।

तपाईको प्रतिक्रिया