
नेकपा एमालेका यूवा नेता शुशील रावलले सामाजिक सञ्जाल फेसवुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै हामीले राखेका छौं ।
प्रिय मित्रहरू ÷ कमरेडहरु
नेकपा एमाले पार्टी कसैको प्राइभेट कम्पनी होईन , यो लाखौं युवाहरू जसले पार्टी निर्माणका लागि आफ्ना ब्यक्तिगत चाहाना, इच्छा र रहरहरु तिलान्जली दिएका छन् । आफ्नो जीवनको उर्जावान समय पार्टी निर्माणका लागी खर्च भएको छ । देशामा भएका ठुल्ठुला राजनैतिक आन्दोलन÷बिद्रोहको समयमा हाम्रो उपस्थिति नभएको भए संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त हुन्थ्यो ?
के हामी युवाहरूले मृत्यु दाउमा राखेर निरंकुशता विरुद्ध आन्दोलन नगरेको भए यो परिवर्तन सम्भव थियो ? आज केही सिमित मान्छेहरुले युवाहरूको रगत पसिनाले बनाएको पार्टीलाई मनलाग्दी गरेर फुटाउने , गलत दिशातिर लैजाने र जनतालाई धोका दिन मिल्छ ?
त्यसो भएको हुनाले यो पार्टी केपि वलि वा माधव नेपालको मात्र होइन , हाम्रो पनि हो । पार्टीलाई एकता गर्ने, गलत नेतृत्वलाई बिस्थापित गर्ने र फेरिपनी नयाँ तरिकाले रुपान्तरण भएर अगाडि बढ्दै देशको नेतृत्व गरेर समाजवादको सपना पूरा गर्ने मुख्य जिम्मेवारी हाम्रो काधमा छ । विवेक र धैर्यता प्रयोग गरौं ।
निर्वाचन आयोगमा पठाएका केही सिमित मान्छेले पार्टी फुटाउने वा जुटाउने वा मनलाग्दी गर्ने भन्दा हाम्रा लाखौं सदस्यहरुको भावनालाई अंगिकार गरेर निर्णय गरौं । साच्चै भन्ने हो भने आन्तरिक पार्टी भित्र जनमत सङ्ग्रह गरौं ? हिक्मत छ ?
















































। ५ भाद्र २०७८, शनिबार