
खलंगा, ०४ भदौ । जाजरकोबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटले विवरण सङ्कलन गर्न सुरु गरेको छ ।
विहिबार प्रशासनले एक सार्वजनिक सूचना जारी गर्दै बैदेशिक रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई सम्पर्कमा आउन अनुरोधसमेत गरेको छ ।
जाजकोटबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका जो कोही नागरिकहरु घर फर्कन चाहेमा परिवारको माध्ययमबाट प्रशासनसंग विस्तृत विवरणसहित सम्पर्कमा आउनु पर्नेछ ।

















































। ४ भाद्र २०७८, शुक्रबार