जाजरकोटमा नयाँ भाडादर निर्धारण, कुन ठाउँमा कति ? (हेर्नुहोस भाडादर)

खलंगा । जाजरकोट सदरमुकाम खलंगाबाट बाहिरिने र भित्रिने सवारी साधनको भाडा दर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायबीच भएको छलफबाट नयाँ भाडा दर निर्धारण गरिएको हो ।

बुधबार निर्धारण गरिएको नयाँ भाडाहरू बदलिदो समय अनुकूल बनाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । खलंगा देखि छेडाबजार सम्म ठुलो गाडीमा १ सय ९० र सानो गाडीमा २ सय ३० निर्धारण गरिएको छ ।

खलंगा– फेरा ठुलो गाडीमा १ सय २५ र सानो गाडीमा १ सय ७५ निर्धारण गरिएको छ । खलंगा – कुदु ठुलो गाडीमा ८० रुपैयाँ र सानो गाडीमा १ सय ३० रुपैयाँ निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए ।

यस्तै, खलंगा – मटेला ठुलो गाडीमा ४० रुपैया र सानो गाडीमा ५० रुपैयाँ, खलंगा रावतगाउँ ठुलो गाडीमा ५० र सानो गाडीमा ७५ रुपैयाँ निर्धारण गरिएको छ । खलंगा – पिपे ठुलो गाडीमा ७५ र सानो गाडीमा १ सय रुपैयाँ, खलंगा – रिम्ना ठुलोमा १ सय ७० र सानोमा २ सय २०, खलंगा – जगतिपुर ठुलो गाडीमा १ सय ६० र सानोमा २ सय १०,खलंगा – बुरुङ्गे सानो गाडीमा २ सय २० र ठुलो गाडीमा २ सय ७०, खलंगा –

स्याउली ठुलोमा ३ सय र सानोमा ३ सय ५०, खलंगा – कालिमाटी सम्म ठुलो गाडीमा ४ सय ४८ र सानोमा ५ सय, खलंगा – राडीबजार ठुलोमा ५ सय १२ र सानोमा ५ सय ६२, खलंगा – पाँचकाटिया ठुलो गाडीमा ४ सय ५० र सानो गाडीमा ५ सय, खलंगा –तल्लुबगर ठुलोमा ४ सय २५ र सानोमा ४ सय ७५, छेडाचौर– थलह ३ सय ८५ र छेडाचौर – सुवानाउली ५ सय २० नयाँ भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

May be an image of text that says 'निर्णयहरु ૧. यस जिल्लामा विगतमा निर्धारण गरिएको सवारी साधनको भाडादरलाई मध्यनजर गरी यस जिल्लाका विभिन्न रुटहरुमा देहाय बमोजिम भाडादर निर्धारण गर्ने निर्णय गरियो क.सं. देहाय २ सडक खण्डको नाम जाजरकोट जाजरकोट जाजरकाट भाडादर ठुलो गाडी भाडा १९० गाडी २३० M मटेला रावतगाउ ५ૂ० ७ধু १७० १० ૧૧ खलंगा जाजरकाट खलगा जाजरकाट खलगा जाजरकाट खलगा जाजरकाट खलगा जाजरकाट खलगा जाजरकाट खलंगा जाजरकाट खलंगा जाजरकोट छेडाचौर जाजरकोट छेडाचौर ੧੩ २२० ३०० 445 তু १०० २२० २१० २७० ३५० ५०० ५६२ ५०० ४७५ रिम्ना जगतिपूर बरुड़े स्याउली कालिमाटी राडिबजार पाचकाटिया तल्लू बगर थलह सुवानाउली १५ ૧६ ४ሂ૦ ३5ሂ ५२० ജ0126 έ18/26'

तपाईको प्रतिक्रिया