विद्युत प्राधिकरण कुलमान नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरेको छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति दिएपनि मंगलबार मात्रै पत्र दिईएको ऊर्जामन्त्रालय श्रोतले जानकारी दियो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबारको मन्त्रिपरिषद्मा पेश गरेको प्रस्तावअनुसार घिसिङलाई नियुक्ति दिइएको हो ।

मन्त्री भुसाले कुलमानका लागि प्राधिकरण खाली गराउन अघिल्लो सरकारले नियुक्त गरेका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने प्रस्ताव गरेकी थिइन् ।

शाक्यलाई अहिले पाईरहेकै तलव सूविधासहित सम्मानजनक बहिर्गमन गराउन अर्थमन्त्रालयको स्वीकृती आवश्यक पर्ने भएकाले आज अर्थको स्वीकृती पछि शाक्यलाई हटाएर घिसिङ भित्र्याईएको हो । प्रधाकिरणबाट शाक्य आज विदा भएर निस्केका छन् ।

घिसिङले भोलीदेखि आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेका छन् । अघिल्लो पटक तत्कालिन ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको निरन्तरताका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि प्रधानमन्त्री ओलीले नचाहेका कारण पुनर्नियुक्ति संभव भएको थिए ।

तपाईको प्रतिक्रिया