भन्सार विभागले एक अर्ब ६५ करोडका डाइपर आयात


काठमाडौं : नेपालले आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न १५ मुलुकबाट एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ ।

विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी,ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन् ।

भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिब १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ । सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट एक अर्ब ५० करोड अर्थात् करिब १० करोड थान डाइपर आयात गरेको थिया ।

यसपछि भियतनामबाट ५० लाखका पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट ३१ लाखका करिव १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ ।

नेपालले अन्य मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ) युनाइटेड स्टेट्स, टर्की, थाइल्याण्ड, हङकङ,सिङ्गापुर, र डेनमार्कबाट पनि डाइपर आयात गर्दछ ।

तपाईको प्रतिक्रिया