
काठमाडौं : खोप केन्द्रहरुमा हुदै आएको भिड कम गर्न सरकारले सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आज विज्ञप्ति जारी गर्दै पछिल्लो समय खोप केन्द्रहरुमा भिडभाड भएको भन्दै सरोकारवालाहरुलाई स्वास्थ्यकर्मीहरु थप्न र आवश्यकता अनुसार स्थानीय थप स्वमंसेवकहरु परिचालन गरेर खोप केन्द्रमा हुदै आएको भिड कम गर्न अनुरोध गरेका छन् ।
यस्तै हाल चलिरहेको खोप अभियानमा जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरुलाई सहज हुने गरी खोप अभियान सन्चालन गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

















































। २३ श्रावण २०७८, शनिबार