
फाईल फोटो
काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गर्दैगर्दा विद्यार्थीलाई अलमलमा पार्न नहुने बताए । परीक्षा स्थगित गर्दा विकल्पसहित निर्णय गर्नुपर्ने थापाले सुझाव दिएका छन् ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका उनले ट्विटरमा लेखेका छन्, ’हिजो प्रधानमन्त्रीसँगको भेटमा अन्य कुरासँगै परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होईन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं । प्रधानमन्त्रीले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिलाएका छन् ।’
विद्यार्थीलाई अलमल पार्न नहुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपार्ने विश्वास दिएको उनको भनाइ छ ।
कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै तहका परीक्षा स्थगित गर्न सिफरिस गरेको थियो । कक्षा १२ को परीक्षा साउन ३२ गतेदेखि सञ्चालन गर्ने मिति तय भएको छ ।
















































। २३ श्रावण २०७८, शनिबार