‘करोडौ लगानीमा निर्माण भएका बारेकोटका सडकमा पैदल हिड्न मिल्दैन्’


भुपेन्द्र विक
खलंगा, १६ साउन । जिल्लाको बारेकोट गाउँपालिकामा करोडौंको लगानीमा निर्माण भएका सडकहरु बाढी पहिरोले पुरिएका छन् । बर्षाको सुरुवात संगै निरन्तर रुपमा परेको बर्षाका कारणले सडक पहिरोले पुरिएका हुन् ।

स्थानियलाई यातायात सेवा दिनको लागि निर्माण गरिएका सडक पैदल यात्रा गर्दा पनि सडक भन्दा गोरेटो बाटो खोज्नुपरेको बारेकोट २ का स्थानिय वीरेन्द्र नेपालीले बताए । उनी पालिका भित्रका वडा नं. ९, ८, ७, ३, २ र १ का केही क्षेत्रका केही सडक पहिरो पुरिदाँ स्थानियहरुले यस्तो समस्या खेप्नु परेको हो ।

सरकारले करोडौंको लागानीले सडक निर्माण गरेको सडक बाढी पहिरोको लागि मात्रै भएको स्थानीय बताउँछन् । यस्तै, सडक पहिरोले पुरिदा बारेकोट ४,५ र ६ का केही क्षेत्रमा पैदल यात्रा गर्न पनि निकै जोखिम मौल्नुपरेको बारेकोट ४ मैनाका स्थानिय दलजित नेपालीको भनाई छ ।

उनले भने, ‘सरकारले करोडौंको लगानी सडक निर्माण गरे पनि स्थानियहरुलाई आवतजावत गर्न मात्र नभएर स्थानिय बस्तीहरु प्नि बाढी पहिरोको उच्च जोखिममा परेको छन् ।’ त्यस्तै सडकको वरीपरि वाल, नालीको निर्माण नगर्दा बनेका सडकहरु पनि भत्किएको बारेकोट २ का स्थानिय कविराज पुनले बताए ।

तपाईको प्रतिक्रिया