
जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले छड्के अनुगमन गर्दा वास्तविक चालकले गाडी नचलाउने पाईएको छ ।
सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रमुख लक्ष्मण विश्वकर्माको नेतृत्वमा खटिएको टोलीले चेकिङ गर्दा चालकले भन्दा गाडी धनीले कागजात नबोकी चलाएको पाईएको हो ।
कालीमाटि देखि खलंगा तर्फ आउँदै गरेको लु १ ज ३३५७ नम्बरको भाडा जीप चालकले नचलाई सवारी धनी स्वंयम चालकले सवारी चालक अनुमति पत्र साथमा नबोकी चलाएको प्रमुख विश्वकर्माले बताए । उक्त जीपलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानमा भईरहेको प्रमुख विश्वकर्माले जानकारी दिए ।
यस्तै, नलगाड नगरपालिकामा प्रहरी जवान सुशील कुमार थारुको चेकिङ टोलीले ग १ ज ६५३५ नम्बरको भाडा जीपले सडक इजाजत पत्र नलिई चलाएकोेले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
यातायात व्यवसायी सवारी धनी तथा सवारी चालकहरुलाई सम्पुर्ण कागजातहरु साथमा बोकी दुरुस्त हिड्न समेत आग्रह गरेको छ ।

















































। १३ श्रावण २०७८, बुधबार