काठमाडौं – नयाँ शक्ति पार्टीका केन्द्रिय संयोजक रवि किरण हमालले संविधान प्रति असहमति भएपनि संघीयता र गणतन्त्रमा एक इन्च पनि सम्झौता गर्न नसकिने बताएका छन् ।
किरणले लेखेका छन् “नयाँ संविधान प्रति हाम्रा असहमति छन् तर संघीयता र लोकतान्त्रिक गणतन्त्र प्रति एक इन्च पनि सम्झौता हुन सक्दैन ।”
बंश र धर्मको आधारमा कसैले राजा बन्ने र बनाउने सपना नदेख्न समेत किरणले चेतावनी दिएका छन् ।
किरणले नेपालको बिद्यमान शासकीय स्वरुपलाई बदलेर प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति, पुर्ण समानुपातिक सांसद, भ्रष्टाचार नियन्त्रण गर्न शक्तिशाली लोकपाल गठन, साझा कुटनिती, रास्ट्रीय नीति आदि जस्ता कुराहरूलाई स्थातिप गर्नु अपरिहार्य रहेको बताएका छन् , जसका लागी युवाहरूले संघर्ष गर्नुपर्ने धारण व्यक्त गरेका छन् ।
किरणले पृथ्वीनारायण शाह हुँदै नेपालमा नयाँ संविधान बन्दा सम्मका घटना सम्झदै बलिदानको सम्मान र रक्षा गर्नुपर्ने आशय व्यक्त गरेका हुन् ।

। १२ श्रावण २०७८, मंगलवार