११ श्रावण २०७८, सोमबार

सुशीलद्वारा खनिज उत्खनन तथा निकासी नखोले आन्दोलन गर्ने चेतावनी

No description available.
काठमाडौं – कर्णाली प्रदेशमा रत्नपथर तथा खनिज पदार्थ सम्बन्धी लामो समय काम गर्दै आएका सुशील रावलले खानी तथा भुगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाउदै तत्काल खनिज पदार्थको उत्खनन् र निकासी सहज नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

No description available.

सोमबार महानिर्देशकलाई कर्णाली प्रदेश खानी तथा खनिज सम्बन्धी संघर्ष समितिको संयोजकको तर्फबाट ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुुन् । जवाफमा महानिर्देशक घिमिरेले मन्त्रालयमा पटकपटक निकासी खोल्न आग्रह गरेपनि त्यसो नभएको बताएका छन् ।

महानिर्देशकले मन्त्रालयलाई दबाब दिन समेत सुझाव दिएका छन् । उनले ज्ञापनपत्रका विषयमा मन्त्रालयलाई जानकारी गराउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । खनी उत्खनन् तथा निकासी गर्दा स्थानीय बासिन्दालाई समेत सहभागी गराउन माग गरेका छन् ।

No description available.