६ श्रावण २०७८, बुधबार

मन्त्रीपरिषदमा १४ प्रतिशत दलित समुदायको प्रतिनिधित्व गराउन माग

दलित अधिकारकर्मीले मन्त्रीपरिषद् विस्तार गर्दा १४ प्रतिशत दलित समुदायको प्रतिनिधित्व गराउँन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । उनीहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी राज्य संरचनाको सबै अङ्ग संरचना र निकायमा समानुपातिक सहभागितासहित मन्त्रीपरिषदमा प्रतिशतको आधारमा समुदायको प्रतिनिधित्व गराउँन माँग गदै सात बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

‘सम्माननीय प्रधानमनत्रीज्यूको अध्यक्षतामा हालै गठीत मन्त्रीपरिषदमा दलित समुदायबाट २४ जनाको १४ प्रतिशतले समानुपातिक रुपमा हुन आउने कम्तिमा तीन जना मन्त्री नियुक्त गरियोस्’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।

अहिले पनि नेपालका दलित समुदायलाई पुरानै पञ्चायतको शैलीमा प्रत्येक मन्त्रीपरिषदमा एक जना मात्र मन्त्री दिने सकेसम्म राज्य मन्त्रीमा नै सिमित राख्ने, दलितका लागि स्थापना गरिएका संरचना बाहेक अन्य कुनै संरचनामा नियुक्ति नदिने, सबैजसो सरकार र पार्टीले परम्परा नै कायम गरेको प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापना पत्रमा उल्लेख गरिएको छ ।