गाउँमा अझै विरामी डोकोमा

उपचार नपाएरै धेरैको जान्छ ज्यान

No description available.

                                                      फाईल तस्वीर

जाजरकोट, ३ साउन । जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा डोकोका भरमा स्वास्थ्य संस्थामा उपचारका लागि आउनुपर्ने बाध्यता हटेको छैन । खनिएका ग्रामीण सडक वर्षाले बिग्रिँदा र गोरेटो बाटोको सुविधा नपुगेका गाउँमा यस्तो समस्या देखिएको हो । त्यस्ता गाउँमा एम्बुलेन्स त परको कुरा, स्टेचरको प्रयोग गर्न समेत मिल्दैन ।

गोरेटो बाटो नभएका कारण उनीहरू बिरामी बोक्न डोकोको प्रयोग गर्दै आएका छन् । बारेकोट गाउँपालिकाका स्थानीय महेन्द शाहीले संस्था बाट रिफर गरिएका सबै पैदल हिडेर सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने अवस्था रहेको बताए । उनले भने ‘सडक भएका ठाउँमा गाडीको सहज सुविधा छैन, ‘स्वास्थ्य संस्थामा आउँदा–जाँदा हिँड्नुको बाहेक विकल्प छैन ।’

हिँड्न नसक्ने बिरामीका लागि गोरेटो बाटोको पहुँच भएका गाउँमा स्टेचरको प्रयोग अत्यधिक हुने गरेको उनको भनाई छ । उनका अनुसार धेरैजसो ग्रामीण क्षेत्रमा गोरेटो बाटोसमेत नहुँदा डोको वा मान्छेको पिठ्युँमा बोकिएर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ । ‘हाम्रो क्षेत्रमा एम्बुलेन्स र गाडीभन्दा डोको नै भरपर्दो छ,’ उनले भने, ‘धेरैजसो गाउँमा गोरेटो बाटोसमेत छैन, भएका सडक पनि बिग्रिरहन्छन् ।’ जिल्लाको कुशे गाउँपालिकामा पनि उस्तै समस्या रहेको छ ।

ग्रामीण सडक बर्षाको भेलले विग्रीएकोले अहिले स्टेचरमा बोक्न समेत निकै समस्या भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँमा तत्काल विरामी रिफर गर्नुपर्ने भयो भने कुन ठाउँ बाट लिर्ने भन्ने चिन्ता भएको वडा नं १ का वडाध्यक्ष गोपाल नेपालीले बताए । विरामी परेका स्थानीयहरुलाई डोकोको प्रयोग गरी नजिकको स्वास्थ्य संस्थामा लिने गरेको उनको भनाई छ ।

जिल्लाको जुनीचाँदे गाउँपालिका अन्तर्गतका सबै सडक विग्रीएका छन् । त्यहाँको बाटोमा स्टेचरमा विरामी बोक्न पाइदैन् । डोकोमै विरामी बोक्ने गरेको जुनीचाँदे गाउँपालिकाका स्थानीय महेन्द्र विकले बताए ।

यी स्थानीय तहमा एम्बुलेन्स चल्छ
जाजरकोटका केही स्थानीय तहले एम्वुलेन्स सञ्चालन गरेका छन् । शिवालय गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालन गरेको छ । एम्बुलेन्स सञ्चालन कार्यविधि २०७५ निर्माण गरेर गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भित्रका गर्भवतीलाई सेवा निःशुल्क दिँदै आइएको छ । त्यस्तै ८० वर्षभन्दा माथिका वृद्ध, गरिबलाई ८० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलव्ब्ध हँुदै आएको छ । प्राकृतिक प्रकोपमा परेका स्थानीयवासीलाई एम्बुलेन्समा निःशुल्क सेवा दिँदै आएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

अन्य स्थानीयवासी बिरामी हुँदा गाउँपालिकाभित्र रु ५०० शुल्क निर्धारण गरिएको छ । छेडागाड नगरपालिकाको एम्बुलेन्स सञ्चालनमा आएको छ । नगरवासीको स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन नगरपालिकाले १० लाखको एम्बुलेन्स ल्याएको हो ।

दुर्गम गाउँको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै महेन्द्र बोलेरो फोरबील एम्बुलेन्स खरिद गरेको नगरपालिकाले जनाएको छ । जिल्लाको नलगाड नगरपालिकाले समेत एम्बुलेस सञ्चालन गरिरहेको छ । बारेकोट,भेरी कुशे गाउँपालिकाकाले खरिदको कुनै तयारी गरेका छैनन् । यसले गर्दा यहाँका अधिकांशले ज्यान गुमाउने गरेका छन् ।

उपचार नपाएरै धेरैको जान्छ ज्यान
जिल्लाका स्थानीय तहहरुमा उपचार अभावमा एक बर्षमा सयौँले ज्यान गुमाउने गरेका छन् । दुर्गमा गाउँमा न औषधी हुन्छ न स्वास्थ्यकर्मी विरामी परेको वेला तत्काल अस्पताल लैजाने एम्वुलेन्स नहुँदा यहाँका सयौँले ज्यान गुमाउने गरेका हुन । दुर्गममा स्वास्थ्यको गतिलो उपचार र सुविधा सम्पन्न स्वास्थ्य संस्था नभएका कारण यहाँका मानिसले ज्यान गुमाउने गरेको जानकारहरु बताउँछन ।

यहाँका सुत्केरी देखि दिर्घ रोगीले अकालमा ज्यान गुमाउनुपरेको छ । अस्पतालमा उपचार हुन्छ भने पनि भरपर्र्दो उपचार नहुँदा गाउँका सयौँले अकालमा ज्यान गुमाउनु परेको छ । गाउँ बाट सदरमुकाम आउन पैदल हिडेर दुई दिन पुग्नुपर्छ अहिले सबै सडक भत्किएकोले बाटोको आउँदा आउँदै धेरैले ज्यान गुमाउनुपरेको बारेकोटका विनोद शाहीले जानकारी दिए । दुर्गमका स्थानीय उपचार नपाएरै ज्यान गुमाउन बाध्य छन् ।

तर मन्त्री सांसदले आवश्यक परे नेपाली सेनाको हेलिकप्टर बाट उद्धार गर्नुको बाहेक अरु विकल्प खोज्दैनन् । अन्तिम अवस्थामा उपचार गर्दा कतिले ज्यान गुमाएको कुशे गाउँपालिका २ अशोकबहादुर सिंहले बताए । यसको समाधानका लागि यहाँका सरोकारवालाहरुले वेलैमा सडक सुधार गरी एम्वुलेन्सको व्यवस्था गर्न आवश्यक छ । #भेरीमालिका#

तपाईको प्रतिक्रिया