३१ असार २०७८, बिहीबार

प्रत्यक्ष निर्वाचित सरकार प्रमुखका लागी जनमतसंग्रह वा संविधान संसोधन गरौं – किरण

जाजरकोट – नयाँ शक्ति पार्टीका संयोजक रवि किरण हमालले लोकतन्त्रलाई उन्नत बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

सुर्खेतमा पत्रकार सम्मेलन गर्दै जनता प्रती जिम्मेवार सरकार निर्माण गर्न जनतालाई प्रत्यक्ष मतदानको अधिकार दिनुपर्नेमा उनले जोड गरेका छन् ।

संविधान संसोधन वा जनमतसंग्रह मार्फत शासकीय स्वरुपलाई बदल्नुको विकल्प नरहेको किरणले जिकिर गरेका छन् ।

किरणले भ्रष्टाचार नियन्त्रण गर्न लोकपाल गठन गर्न समेत माग गरेका छन् । शक्तिशाली लोकपाल गठन गरेर सबै प्रकारका भ्रष्टाचार र बेथिति छानबिन गर्नुपर्ने उनको राय छ ।

हमालले पत्रकार सम्मेलन गर्दै नयाँ सरकारले सुशासन कायम गर्ने दिशामा जाने कुरामा शंका व्यक्त गरेका छन् ।

ललितानिवास प्रकरणमा जोडिएका काङ्ग्रेस उपसभापति बिजय कुरामा गच्छदार प्रती लक्ष्यित गर्दै किरणले देउवाले सुखद सन्देश नदिएको उनको टिप्पणी छ ।

रवि किरण हमालले पछिल्लो एक महिना जनसम्बाद यात्राका क्रममा कर्णालीका सुर्खेत,जाजरकोट,दैलेख,सल्यान र रुकुम पश्चिमी , लुम्बिनी प्रदेशका बांके र बर्दिया जिल्लाको भ्रमण गरेका थिए ।

स्थानीय तहका जनप्रतिनिधि, आम नागरिक र विभिन्न क्षेत्रका मानिस सङ सम्बाद गरेर फर्किए लगत्तै आज किरण ले पत्रकार सम्मेलन गरेका हुन् ।

तीन तहका सरकारको समुन्वय नहुदा जनता मारमा परेको समेत किरणले बताएका छन् । किरणले जनता अझै आधारभुत आवश्यकता बाट बन्चित हुनुपरेको देखेर दुखित भएको महसुस गरेका छन् ।

किरणले निवर्तमान प्रधानमन्त्री केपि ओलि र रास्ट्रपति भण्डारी प्रती आक्रोश पोख्दै कार्वाही हुनुपर्ने माग गरेका छन् । देशलाई अध्यारो सुरुङ्गमा फसाउने केपि ओलिको प्रयास बिफल गरिएकोमा किरणले सबैलाई धन्यवाद दिएका छन् ।