जुनीचाँदेका तीन जना दुवईमा अलपत्र


खलंगा, ३१ असार । दुबईको अल्कर्मामा जाजरकोटका तीन जना सहित १६ जना नेपाली नागरिकहरु अलपत्र परेका छन् । काठमाडौँका आशा ट्रभाल्सका संचालक इन्द्र बहादुर ओली र एजेन्ट करणले गाउँका सोझासाझा युवाहरुलाई दुबईमा राम्रो रोजगारी मिलाई दिन्छु भन्दै लिएको नारायण रोकायले जानकारी दिएका छन् ।

उनी अहिले नेपालमा छन तर उनका साथीहरुले उनलाई सो भिडियो मार्फत सहयोगको अपिल गरेको बताए । उनका अनुसार प्रति ब्यक्ति दुई लाख रुपैयाका दरले रकम असुल गरी भिजिट भिसामा दुबई पठाएको हुन् ।

 

जसमा जाजरकोट जिल्लाको जुनिचादे गाउँपालिका वडा न. १ बस्ने वर्ष २८ का प्रेम प्रकाश बुढा जुनिचादे गाउँपालिका वडा न. १ बस्ने वर्ष २६ का चक्र परियार, जुनिचादे गाउँपालिका वडा न. ४ बस्ने वर्ष २५ का बलु खडका जाजरकोटका र अन्य १३ जनाको भने परिचय खुलेको छैन । सो १६ जना मध्ये ८ जनाको पासपोर्ट खोसेर लगिदिएको त्यहाँका अलपत्र परेका नागरिकले बताएका छन् ।

इन्टरनेटको माध्यमबाट नेपालमा आफ्ना आफन्तहरुसंग म्यासेन्जरमा कुराकानी पश्चात उनीहरु अलपत्र परेको थाहा पाएको उनका आफन्त नारायण रोकायले बताए । अहिले उनीहरूले लुकेर यो भिडियो पठाएका छन । आफन्तहरुले पनि उद्दारको लागि अपिल समेत गरेका छन् ।

काठमाडौँका आशा ट्रभाल्सका संचालक इन्द्र बहादुर ओलीलाइ फोन सम्पर्क गर्दा उनको फो स्वीचअफ गरिएको थियो । तल दिइएको ९ जनाको भने पासपोर्ट खोसीएको भन्दै संचारमाध्यमबाट आफन्तलाई पठाएका छन् ।

तपाईको प्रतिक्रिया