
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।
संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।
देउवालाई साँझ ६ बजे प्रधानमन्त्रीको सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

















































। २९ असार २०७८, मंगलवार